Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दिदीबहिनी महोत्सवमा साझासवालकर्मी सम्मानित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पर्वत । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा मंगलबारदेखि सकिएको छ ।

विभिन्न प्रतियोगिता गरी कार्यक्रमको समापन भएको हो । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, रत्यौली, भजन, पञ्चेबाजा, ¥याली प्रतियोगिता , प्रथम डान्स आइडल प्रतियोगिता भएको थियो ।

समापन कार्यक्रममा साझासवालकर्मी पत्रकार महेन्द्र केसी सम्मानित भएका छन् । उनीसँगै अन्नपूर्ण पर्वत संवाददाता माया अधिकारी, सूचनाकेन्द्र डट कमका प्रधानसम्पादक बैगुण्ठ गिरी, रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेली, रेडियो शालिग्रामका समाचार प्रमुख रोशन तिवारी, न्यूज २४ का पर्वत संवाददाता सुवास लामिछाने र कालीगण्डकी टिभीकी संवाददाता शान्ति सुवेदी सम्मानित भएका हुन् ।उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

महोत्सवमा एक करोडको कारोबार भएको रेडियोले जनाएको छ । महोत्सवमा हजारौ दर्शकहरु भित्रिएको बताइएको छ ।

हरेक वर्ष रेडियोले महोत्सवको आयोजना गर्दै आइरहेको छ । यो ११ औं संकरण हो । आगामी दिनमा पनि महोत्सवको आयोजना हुने रेडियोले जनाएको छ ।