2026-09-14 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

अक्षरयात्रा शुरु

फागुन ९, कावासोती | नवलपरासी पूर्व नवलपुरको पहाडी गाउँपालिका बौदिकाली गाउँपालिकाले साहित्यिक सर्जक र सिर्जनाको खोजीका लागि ‘अक्षर यात्रा’ अभियान शुरु गरेको छ । 

पहाडी विकट क्षेत्रमा साहित्यिक सर्जकको खोजीका लागि अभियान शुरु गरिएको बौदिकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले बताउनुभयो । गाउँपालिकाले छवटै वडामा बिदाको दिन पारेर सर्जक र सिर्जनाको खोजी अभियान सञ्चालन गरिरहेको छ । बिदाको दिन विद्यालयमा केन्द्रित गरी विद्यार्थी र अन्य साहित्यमा रुचि भएका व्यक्तिको सहभागितामा रचना लेखन र वाचन कार्यक्रम गर्दै आएको छ । 

‘अक्षर यात्रा’ सञ्चालनका लागि गाउँपालिकाले बिदाको दिन कर्मचारीनै परिचालन गर्ने गरेको छ । अभियानअन्तर्गत छैटौँ चरणको कार्यक्रम सम्पन्न गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो । छैटौँ चरण सम्म आउँदा विभिन्न उत्कृष्ट लागेका रचना सङ्कलन गरिएको र भोलिका दिनमा लिपिबद्ध रुपमा सङ्ग्रह प्रकाशित गर्ने योजनासमेत रहेको उहाँले बताउनुभयो । 

राम्रो रचना सिर्जना गर्नेलाई भाषा प्रशिक्षण, रचना लेखनको प्रशिक्षण प्रदान गर्दै सिर्जनामा निखारता ल्याउन लागि पर्नेसमेत उहाँले बताउनुभयो । 

“सिर्जनाले स्थानीय विषय वस्तु उठाउँछ, हामीलाई योजना निर्माणमा समेत सहयोग पु¥याउँछ”, ज्ञवालीले भन्नुभयो, “यहाँ लेखिएका सिर्जनाले गाउँपालिकालाई चिनाउनसमेत मद्दत पुग्दछ । हाल गाउँपालिकाले सामान्य बजेट विनियोजन गरेर अभियान शुरु गरेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिँदै लैजाने गाउँपालिकाले जनाएको छ । गाउँपालिकावासीलाई रचनात्मक काम गर्न उत्पे्ररित गर्नसमेत ‘अक्षर यात्रा’ अभियानले सहयोग पु¥याउने अपेक्षा लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ