2026-06-28 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शहीद स्मारक ‘बी’ डिभिजन लिग: आज दुई खेल हुँदै

2019-02-22

फागुन १०, काठमाडौँ | शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा विजयी हुने टोली दोस्रो चरणमा पुग्ने छ । 

दुई खेल जीत र दुई बराबरी खेलेको झम्सिखेल आठ अङ्कसाथ तालिकाको शीर्षस्थानमा छ । एक खेल जीत र दुई बराबरीसाथ आरसिटी तेस्रो स्थानमा छ । आजै हुने दोस्रो खेलमा अघिल्लो चरण पुगिसकेको टुसाल युथ क्लबले पुल्चोक स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’को खेलमा शीर्षस्थानको टुसाल क्लब एक खेल अघिनै अघिल्लो चरणमा पुगिसकेको हो । 

टुसालको तीन खेल जीत र एक बराबरी साथ १० अङ्क रहेको छ । पुल्चोकको भने दुई जीत, दुई हारका साथ समूह ‘बी’को चौथो स्थानमा छ । जीत हासिल गरेमा पुल्चोकको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी रहनेछ । राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको दुई समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश पाउनेछन् । 

लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी