२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पश्चिमा मुलुकको प्रभावमा देशमा धर्मनिरपेक्षताः अध्यक्ष थापा

२०७५, १८ फाल्गुन शनिबार १६:१४

राम नारायण पंडित | फागुन १८, सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र स्थापनाका लागि चैत्र महिनादेखि सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पार्टीको मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज (शनिबार) सिरहाको मिर्चैयामा  आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले चैत्र महिनादेखि हुने सडक संघर्षबाटै हिन्दू राष्ट्र स्थापना गर्ने दाबी गरेका छन् । 


उनले सनातन धर्महरु खतरामा रहेकोले धर्म निरपेक्षता खारेजी गरी हिन्दु राष्ट्र घोषणा हुनुपर्ने माग गरेका छन् । नेपालमा पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी र बेरोजगारी समस्याको समाधान लगायतका विषयमा जनतालाई जागृत तुल्याउन र सरकारलाई ध्यानाकर्षण गराउँदै सशक्त रुपमा जनवाद सृजना गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वभिमान यात्रा सुरु गरेको अध्यक्ष थापाले बताए ।


संसदमा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै हिन्दू राष्ट्र स्थापना गर्ने भन्दै उनले आफ्नो पार्टीको संघर्षमा सहयोग गर्न सबैसँग आग्रह समेत गरे । मुलुकमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयताका विषयमा राष्ट्रिय जनमतसंग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै अध्यक्ष थापाले फागुन मसान्तसम्म स्वाभिमान यात्रा मार्फत दबाब सृजना गरेपनि माग पूरा नभए चैतदेखि देशव्यापी सडक सघर्षमा उत्रने चेतावनी दिए । उनले २०४७ सालयता सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न तथा वाइडबडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरे । 


१२ बर्षअघि परिवर्तनका नाममा भएका गतिबिधीले जनताको भावनालाई सम्बोधन गर्न नसकेको आरोप लगाउदै उनले राजसंस्था सहितको हिन्दु राज्य स्थापना भएपछि मुलुकमा जनताले परिवर्तनको आभास गर्ने दाबी समेत गरेका छन् । मधेशी जनताको पहिचान र स्वाभिमानका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गर्नुहुँदै अध्यक्ष थापाले मधेश र मधेशीको पक्षमा आफ्नो पार्टीको स्पष्ट बिचार रहेको बताए । मधेशबादी दलले संविधान संसोधन बिना नै सरकारमा सहभागि भएको चर्चा गर्दै उनले आफ्नो पार्टी  सरकारमा जान मरिमेटि नगर्ने स्पष्ट गरे । सरकार बाहिरै रहेर राम्रो काम गरिरहेको भन्दै अध्यक्ष थापाले पश्चिमा मुलुकको प्रभाबमा परी देशमा धर्मनिरपेक्षता लादिएको समेत आरोप लगाए । 


ताप्लेजुङबाट गत बुधवारदेखि शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज सिरहाको लहान, गोलबजार, चोहर्वा, सिरहा सदरमुकाम, कल्याणपुर र मिर्चैया हुँदै धनुषा प्रस्थान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की