Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवरपरासीमा राख्न सकिने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २१, काठमाडौं | नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ ।

नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गाउँपालिकामा पर्ने गण्डक नदीको स्पर (ठोकर) नम्बर १२ आसपास तत्कालका लागि टर्मिनल बनाउन सकिने सम्भावित निष्कर्ष निकालेको हो ।

त्रिवेणी व्यारेजको पुलभन्दा तल्लो भागमा स्पर नम्बर १२ आसपास टर्मिनल बनाउन उपयुक्त देखिएको नेपालतर्फको टोलीका संयोजक जल तथा ऊर्जा आयोजनाका सहसचिव माधव बेल्वासेले बताए । भारतीय पक्षले यसबाहेक त्रिवेणी ब्यारेज पुलभन्दा माथिपट्टि नवलपुरको कावासोतीआसपास पनि टर्मिनल बनाउन सकिने जनाएको बेल्वासेले बताए ।

नेपालबाट समितिका संयोजक बेल्वासेसहित परराष्ट्र मन्त्रालयकी रिता धिताल, उद्योग मन्त्रालयका सहसचिव मधु मरासिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका गोपाल सिग्देल,  तर्कराज भट्ट,  महेश्वर श्रेष्ठलगायत थिए भने भारतबाट अन्तरदेशीय जलमार्ग प्राधिकरणका विज्ञ प्रवीर पाण्डेको नेतृत्वमा नौजनाको टोली थियो ।

- यो समाचार ज्ञानु पंगेनीले नयाँ पत्रिकामा लेखेकी छन् ।