पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २२, रोल्पा | नेत्रविक्रम चन्द ‘विप्लव’ विरुद्ध रोल्पामा मुद्दा दायर भएको छ । नेकपाका महासचिव विप्लवको प्रत्यक्ष आदेशमा जिल्लाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी भएको भन्दै जिल्ला प्रहरी कार्यालयलले मंगलबार विप्लवसहित एक दर्जन नेताका नाममा मुद्दा दायर गरेको हो ।

परिवर्तन गाउँपालिका इरिबाङमा जन्मिएका विप्लवसहितलाई जिल्लामा पहिलो पटक मुद्दा दायर गरिएको हो ।

आगजनीमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिपक खड्काले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार विप्लव नेतृत्वको नेकपासम्बद्ध टिकाराम नेपाली, लालबहादुर परियार र सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका दिपेन्द्र सिंह पक्राउ परेका छन् ।