2026-09-14 02:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्थानीय तहदेखि सिंहदरबारसम्म भ्रष्टाचार मौलाएको छ: राप्रपा अध्यक्ष थापा

भाष्कर के.सी | फागुन २४, महेन्द्रनगर | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान अवस्थामा लोकतन्त्रका नाममा नेपालमा भ्रष्टाचार मौलाएको बताएका छन् । 

शुक्रबार मेची महाकाली स्वाभिमान यात्रा अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा भएको आमसभामा बोल्दै अध्यक्ष थापाले स्थानीय तहदेखि सिंहदरबारसम्म भ्रष्टाचार मौलाएको र देशमा ब्रहमलुट चलेको बताएका हुन् ।

देशमा भईरहेका भ्रष्टाचारका घटनाहरुमा कांग्रेस र कम्युनिष्टको मिलेमतो भएको उनको आरोप छ । विगत १२ वर्षमा भएको गलत राजनीतिक अभ्यासले देशलाई गलत दिशामा डोर्याई रहेको बताउदै अध्यक्ष थापाले जनचाहना विपरित ठूला पार्टीहरुले विदेशीको ईसारामा नेपाललाई धर्म निरपेक्ष घोषणा गरी जनमत विना नै राजसंस्थालाई पाखा लगाएको बताए । सम्पुर्ण राष्ट्रवादी स्वाभिमानी नेपाली एकताबद्ध भएर हिन्दुराष्ट्र पुनंस्थापनाका लागि जाग्न आग्रह गर्दै अध्यक्ष थापाले सबै लोकतान्त्रिक शक्ति अटाउने अभिभावकका रुपमा राजसंस्थाको आवश्यकता भएको जिकिर गरे र्।  एक फरक प्रसंगमा अध्यक्ष कमल थापाले कञ्चनपुरकी १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ महिना वितिसक्दा समेत बलात्कारी हत्यारा पत्ता लाग्न नसकेकोप्रति दुःख व्यक्त गर्दै अविलम्ब रुपमा दोषी पत्ता लगाउन सरकारसँग माग गरेका छन् । उनले एउटा बालिकाको बलात्कारपछि हत्या भएको घटना विश्वव्यापीकरण भईसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नु सरकारको लापरवाही भएको बताएका छन् । यस्तै थापाले राष्ट्रघाती नागरिकता ऐन ल्याएर गैर नेपालीलाई नागरिकता बाडेको आरोप समेत लगाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले जनभावनाको कदर गर्दै हिन्दुराष्ट्र कायम गरिनुपर्ने बताउदै हिन्दूराष्ट्रका पक्षमा जनताको बहुमत रहेकाले नेपाललाई हिन्दुराष्ट्र नै कायम गरिनुपर्ने बताएका छन् । “नेपालमा बहुसंख्यक हिन्दु बसोबास गर्दछन्, उनले भने–नेपाली जनताले राष्ट्र समृद्धिका लागि हिन्दु राष्ट्र चाहेका छन्, तसर्थ नेपाललाई हिन्दुराष्ट्र बनाईनुपर्दछ ।

यस्तै राप्रपा अध्यक्ष थापाले संबैधानिक राजा सहितको प्रजातन्त्रको पुनस्र्थापना र संघीयताबारे जनमत संग्रह गरिनुपर्ने बताएका छन् । उनले भने नेपाललाई सर्वधर्म र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र बनाईनुपर्छ, यसकै लागि जनचेतना फैलाउन हामीले राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरेका हौं । यस्तै थापाले वर्तमान सरकारप्रति जनता निरास भएको र सरकार उत्तरदायित्व विर्सेर भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाएका छन् । कार्यक्रममा बोल्दै राप्रपाका बरिष्ठ नेता एवं पुर्व मन्त्री बुद्धिमान तामाङ्गले विश्वमा नेपाललाई चिनाउन हिन्दुराष्ट्र आवश्यक रहेको धारणा राखे । 

उनले ९४ प्रतिशत ओमकार परिवार रहेको नेपाललाई विदेशीमो ईसारामा धर्म निरपेक्ष घोषणा गरेकोले सामाजिक सद्भाव र एकताका लागि हिन्दुराष्ट्र बनाईनुपर्नेमा जोड दिए । धर्मनिरपेक्षताले जातिय सद्भाव समेत खलबलिन गएकाले धार्मिक रुपमा एकिकरण गर्न हिन्दुराष्ट्र कायम गरिनुपर्ने उनको भनाई छ । कार्यक्रममा राप्रपा कञ्चनपुरका अध्यक्ष पुर्ण बहादुर चन्दले यस पवित्र अभियानमा सबैले सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले