2026-09-08 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

सौर्य ऊर्जा परियोजना बन्द हुँदा लोमान्थाङ अन्धकार

फागुन २६, ठिनी (रासस) | उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य ऊर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । 

सौर्य ऊर्जा स्टेशन चार्ज हुन नसक्दा गाउँ अन्धकार बनेको लोमान्थाङका रामबहादुर गुरुङले बताउनुभयो । चार वर्षअघि चीन सरकारको रु एक करोड सहयोगमा सौर्य ऊर्जा परियोजना जडान गरेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा रहेको लोमान्थाङमा विद्युत् आपूर्ति गरिएको थियो । 

“सौर्य ऊर्जाको भर परेर वैकल्पिक व्यवस्था गरेका थिएनौँ”, गुरुङले भन्नुभयो, “परियोजना बन्द भएपछि उज्यालोका लागि बत्ती बाल्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न पाएका छैनौं ।” 

उक्त सौर्य ऊर्जाबाट उपल्लो मुस्ताङका लोमान्थाङ, छोन्हुप, छोसेर र सुर्खाङ क्षेत्रका एक हजार ३६६ घरमा विद्युत् सुविधा पुगेको थियो । राष्ट्रिय प्रसारण लाइन नपुगेको उपल्लो मुस्ताङ क्षेत्रमा ३० सौर्य प्यानलबाट उत्पादित उक्त विद्युत्ले लोमाङथाङ क्षेत्र उज्यालो बनेको थियो । 

चीन सरकारको आफ्नै प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सौर्य ऊर्जा स्टेशन मर्मतका लागि उनीहरु नै आउनुपर्ने भएकाले तत्काल मर्मत गर्नसक्ने अवस्था नरहेको लोमान्थाङ गाउँपालिका–१ का अध्यक्ष पेमा आङ्ग्या गुरुङले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल