2026-09-14 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

देउवाद्वारा पार्टी कार्यालय भवन शिलान्यास

फागुन २७, म्याग्दी | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज जलजला गाउँपालिका–४ मोहनचोकमा पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । 

मल्लाजका अगुवा मोहनबहादुर मल्लको स्मृतिमा नेपाली काङ्ग्रेस जलजला गाउँपालिकाले सो भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि मल्ल परिवारले सत्र मिटर लम्बाइ तथा १५ मिटर चौडाइ भएको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको काङ्ग्रेस जलजला गाउँपालिका–३ का संयोजक रवी भण्डारीले जानकारी दिनुभयो । 

शिलान्यासपछि सभापति देउवाले सरकारले कार्यशैली सुधार नगरे आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको आरोप लगाउनुभयो । सरकारको गैरजिम्मेवारीका कारण देशको शान्ति, सुरक्षा र लगानीको वातावरण बिथोलिएको उहाँको भनाइ थियो । सभापति देउवाले आन्तरिक एकतालाई बलियो बनाएर कम्युनिष्ट सरकारको गलत कामका विरुद्ध आन्दोलनमा उत्रिएर देशलाई भ्रष्टाचार मुक्त र सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । 

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले गरेको सम्झौताको बारेमा सरकारको धारणा माग गर्नुभयो । उहाँले सरकारको दाबी विपरित राउतले गतिविधि गरिरहेकाले प्रधानमन्त्री ओलीले सम्झौताबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो । “देशलाई विखण्डन गर्ने सम्झौता र सहमति काङ्ग्रेसलाई सह्य हुन्न”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ