२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक दिवसीय वरियतामा नेपाल यथावत् रहन सफल

२०७५, ३ चैत्र आईतवार १७:१२

चैत ३, काठमाडौँ (रासस) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा रहन सफल भएको हो । अघिल्लो महीनापछि नेपाल १५औँ स्थानमा रहेको थियो । 

नेपाल गत महीनाबाट आइसिसीको वरियतामा पर्न थालेको हो । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एक दिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा समावेश भएको हो । उक्त सिरिज नेपालले २–१ ले जितेको थियो । 

यसैगरी टी–२० वरियतामा भने नेपाल १४औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा इङ्गल्याण्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । चौथोमा दक्षिण अफ्रिका र पाँचौंमा अष्ट्रेलिया रहेको छ । 

एक दिवसीय क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भारतका कप्तान विराट कोहली यथावत् रहेका छन् । यस्तै भारतकै रोहित शर्मा दोस्रो, न्युजिल्याण्डका रोस टेलर तेस्रो, दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विण्टन दी कक चौथो तथा दक्षिण अफ्रिकाकै कप्तान फाफ डुप्लेसिस पाँचौँ स्थानमा रहेका छन् । 

अलराउण्डरतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, पाकिस्तानका मोहोमद हफिज चौथो र न्युजिल्याण्डका मिचेल स्टाननर पाँचौँ स्थानमा रहेका छन् । आइसिसीले प्रत्येक महीना ती देशहरुले खेलेका प्रतियोगिताका आधारमा अङ्क निर्धारण र वरियता सार्वजनिक गर्नेगर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?