१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल

१४ चैत्र २०७५, बिहीबार ०७:५१

चैत १४, जनकपुरधाम (रासस) | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ । 

नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरुरी छ भन्नुभयो । 

वरिष्ठ नेता पौडेलले समृद्धिका लागि नेपालका सम्पदालाई साझा रूपमा प्रयोग गर्ने पद्धति बसालेमा नेपाली जनजीवन छिमेकी राष्ट्र चीन र भारतभन्दा पनि धनी र सुन्दर हुन सकिने बताउनुभयो । 

मधेशवादी दलहरू संविधान संशोधन गर्न नचाहने सरकारलाई समर्थन गरी मधेशी जनतालाई भ्रममा पार्ने कार्य गरेको चर्चा गर्दै उहाँले काङ्ग्रेस संविधानमा भएको त्रुटिलाई सच्याउन चाहन्छ भन्नुभयो । 

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाउँदै वाइडवडी प्रकरणमा अदालत र अख्तियारको मौनताले अराजकता मौलाउँदै गएको बताउनुभयो । 

अख्तियार ठूला काण्डलाई संरक्षण दिइ स–साना काण्डमा मात्र केन्द्रित रहेको आरोप पनि उहाँले लगाउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट