२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनप्रतिनिधिको तलब सामाजिक काममा

२५ चैत्र २०७५, सोमबार ०१:४५

चैत २५, बागलुङ (रासस) | जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले आफूले पाउने तलब, भत्ता सामाजिक काममा खर्चनुभएको छ । रसाइलीले वडासदस्यको तलबबाट शनिबार जैदीमा २० थान ‘स्टे«चर’ प्रदान गर्नुभएको हो । रु एक लाख २० हजार मूल्य बराबरका ‘स्टेचर’ वडाका सबै टोलमा पुग्ने गरी वितरण गरिएको थियो ।

पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यको उपस्थितिमा ‘स्ट्रेचर’ हस्तान्तरण गरिएको रसाइलीले बताउनुभयो । “बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउन सहज होस् भनेर स्टेचर सहयोग गरेको हूँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य स्वयंसेविकामार्फत सबै टोलमा स्ट्रेचर पुगेको छ ।”

यसअघि गत भदौमा उहाँलै जैदीकै संस्कृत माविलाई रु ८४ हजार मूल्य बरारबका विज्ञान विषयका प्रयोगात्मक सामग्री प्रदान गर्नुभएको थियो । यस्तै गत जेठमा गाउँकै जनता बाल साक्षरता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान वितरण गर्नुभएको थियो ।  तीन चरणमा गरी रु दुई लाख ५० हजार मूल्य बराबरका सामग्री सहयोग गरेको रसाइलीले बताउनुभयो । “तलब, भत्ताबाहेक केही व्यक्तिगत रकम पनि परेको छ”, उहाँले भन्नुभयो, “म वडासदस्य रहुञ्जेल शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्छु ।”

निर्वाचित भएपछि रसाइलीले राज्यबाट कुनै पनि लाभको सुविधा नलिने घोषणा गर्नुभएको थियो । “राज्यको पैसाबाट पानी पनि नखाने अठोट लिएको छु”, उहाँले भन्नुभयो, “म राजनीतिलाई पेशा होइन, सेवा बनाउन चाहन्छु ।” पदमा रहँदा या नरहँदा पनि राजनीतिसँगै सामाजिक सेवाका काममा क्रियाशील हुने रसाइलीको सङ्कल्प छ । 

स्ट्रेचर हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आचार्यले रसाइलीले जनप्रतिनिधिको रूपमा उदाहरणीय कार्य गरेको प्रतिक्रिया दिनुभयो । पदमा पुगेपछि सुविधाभोगी बन्ने प्रवृत्तिलाई रसाइलीको सत्कर्मले सकारात्मक पाठ सिकाएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै