2026-09-13 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा चैत ३० गते सार्वजनिक बिदा हुने

चैत २५, धनुषा । प्रदेश नम्बर २ मा चैत ३० गते सार्वजनिक बिदा हुने भएको छ । बारा र पर्साका भीषण हावाहुरीमा ज्यान गुमाएकाप्रति प्रदेश २ सरकारले चैत ३० शोक मनाउने घोषणा गरेको हो ।  

आइतबार बसेको प्रदेश २ मन्त्रिपरिषद बैठकले ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिको अवसरमा आउँदो चैत ३० गते प्रदेश २ का आठ ओटै जिल्लामा शोक मनाउने निर्णय गरेको हो ।  

चैत ३० गते बिहान ११ बजे मृतकहरुको आत्माको चीर शान्तिको कामना गर्दै २ मिनेट मौन धारण गरिदिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षकलगायतमा प्रदेश २ सरकारले आह्वान गरेको छ । 

बैठकले प्रत्येक मृतक परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

गएको चैत १७ गते साँझ असिना, पानीसँगै आएको विनाशकारी हावाहुरीमा बारा र पर्साका २८ जनाको ज्यान जानुको साथै ५ सयभन्दा धेरै घाइते भएका थिए । त्यसको भोलिपल्ट चैत १८ गते बसेको प्रदेश २ को मन्त्रिपरिषदको आकस्मिक बैठकले जनधनको ठूलो क्षति भएकाले संघीय सरकारलाई राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन