२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनमत पार्टी: विशाल जनसभाको तयारी पुरा

२९ चैत्र २०७५, शुक्रबार १६:०५

राम नारायण पंडित, चैत २९, सिरहा । जनमत पार्टीले सिरहामा गर्न लागिएको बिशाल जनसभाको सम्पुर्ण तयारी पुरा भएको छ । डा. सिके राउत नेतृत्वको नवगठित जनमत पार्टीले मिर्चैया नगरपालिका ५ स्थित मोहन माविमा भोली (शनिवार) गर्न लागेको जनसभाको सम्पुर्ण तयारी पुरा भएको मन्च व्यवस्थापन समितिका संयोजक निर्मल मण्डलले बताए । जनसभालाई सम्बोधन गर्न डा. राउत भोली नै मिर्चैया आउने बताईएको छ । 


नेपाल सरकारसँग ११ बुँदे सहमति पश्चात् मूलधारको राजनीतिमा आएका डा. राउत सम्बोधन गर्ने जनसभाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनसभा मुल आयोजक समितिका संयोजक तथा पार्टीका केन्द्रिय सदस्य राजकुमार यादवले बताए । जनसभामा ठूलो संख्यामा जनमास उतार्ने लक्ष्य बमोजिम व्यवस्थापन गरिएको उनले दाबी गरेका छन् । जनसभा स्थल मोहन मावि मिर्चैयाको प्राँगनमा विशाल पण्डाल बनाइएको छ भने नगरको बिभिन्न भागमा स्वागतद्धार निर्माण गरिएको छ । 

डा. राउतको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेपछि जनमत पार्टी गठन गरेर ‘जनमत दो, आजादी लो’ नारा सहित अघि बढेको छ । नेपाल सरकारसंग सहमति पश्चात लहानमा दुई दिनसम्म बसेको बैठकले जनमत पार्टी गठन गरेका थिए ।

सुरक्षा व्यवस्था चुस्त : डिएसपी खनाल

भोली हुने सिके राउत नेतृत्वको विशाल जनसभाको मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यबस्था मिलाईएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) ले जनाएको छ । आफ्नो मातहतमा रहेका ईप्रका तथा चौकीहरुको सुरक्षाकर्मीहरुलाई आवश्यकता हेरी परिचालन गरिएको उनले बताए । पब्लिकको अवस्था हेरी आवश्यक परे अन्यत्रबाट पनि थप सुरक्षाकर्मी बोलाउने डिएसपी खनालले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता