२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने

२०७६, १ बैशाख आईतवार ०९:२८

 विष्णु नेपाल\प्रकाश सिलवाल, वैशाख १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै आगामी बजेटमा वृद्धभत्ता वृद्धि हुने घोषणा गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले नयाँ वर्ष प्रवेशको दिनलाई पात्रोको पानो मात्र नभएर इतिहास र परिवर्तनको पात्रो पल्टिएको दिनका रुपमा मनाइएको बताउनुभयो । ज्येष्ठ नागरिक बीमाका साथ ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ नाराका साथ यो अभियान थालिएको हो । 

यसअघि सरकारले श्रम क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको थियो भने सामाजिक सुरक्षाका लागि आजको अभियान नयाँ फड्को हुने ठानिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले सो अभियान शुरु गरेको हो । कार्यक्रममा ज्येष्ठ नागरिकका लागि रु एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरिको हो । सो बीमको नेपाल सरकारले प्रिमियम तिर्नेछ ।

‘थैलीका दिन गए’

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो नयाँ युगको शुरुवात भएको छ । अब नेपालमा बैंक खाता नहुने र खातामा रकम नहुने नागरिक हुने छैन । यसले सामाजिक सुरक्षामा एक प्रकारका क्रान्ति ल्याएको छ । 

नेपाल हरेक दिन एक कदम अगाडि जानेछ । हामी गाँस, बास, कपाल, ज्ञान र मानसम्मान र सुरक्षाको सुनिश्चितता दिनेछौँ । अब थैलीका दिन गए, चेकका दिन आए । थैलीमा राख्नुपर्ने कार्ड र चेकबुक राख्दा हुन्छ ।”

आमा बुबालाई खाना खुवाउँदा कति नाफा हुन्छ भनेर हिसाबले गर्न नहुने भन्दै उहाँले पहिला पहिला रोगी र बुढाबुढीलाई बीमा नगर्ने नीति हुनु गलत भएको भन्दै बिरामी र अशक्त हुन्छ भनेरै स्वास्थ्य बीमा गरिनुपर्छ भन्नेमा सरकारले स्पष्ट सोचका साथ अगाडि बढेको जनाउनुभयो । 

उहाँले प्राकृतिक कारणले हुने बिरामी बाहेक केही वर्षभित्र नेपालीलाई आरोग्य र स्वस्थ्य नेपालमा रुपान्तरण गर्न लागि पर्ने बताउनुभयो । “दुई झरी पानीले भिज्दा पनि केही नहुने वैँशका मान्छेलाई बीमाको त्यति आवश्यक छैन तर लौरो टेकेर हिँड्नेलाई बीमा र बैंक अत्यावश्यक छ । 

मानवअधिकारको नगरा पिट्ने यो देख्दैनन् । मानवअधिकारको मापदन गर्न फेद टुप्पो नभएको फित्ता लिएर हिँडिरहेका छन् । मानव अधिकारको उच्च आधार मानवीय र सामाजिक भावना हो । सरकार यसमा स्पष्ट छ । हामी मानिस जन्मेदेखि मृत्युदेखिका आवश्यक कुरा उपलब्ध गराउन लाग्नेछौँ ।”

वृद्धभत्ता बढाउने घोषणा

अबको सम्पूर्ण काम आधुनिक नेपाल निर्माणतर्फको यात्रामा केन्द्रित हुने भन्दै कृषि, ऊर्जा, शिक्षा, स्वास्थ्यका क्षेत्रमा अत्यन्त गतिका साथ काम भइरहेको जनाउँदै उहाँले भन्नुभयो,“यो सरकार यतिमा वा उतिमा ढालिन्छ भन्नेहरुले बुढाबुढीका नजिकमा गएर त्यसो नभन्न र भनिएमा लौरो खानुपर्ला ।” सरकारको वृद्धभत्ताले मानिसलाई श्वाश जगाएकाले यसले मनोवैज्ञानिकरुपमा बा, आमाको आयु बढाएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने घोषणा गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म वृद्धभत्ता दिने सङ्कल्प गरेको थियो । उहाँले नेपालीको मूर्छित सपनालाई ब्युँझाइने उल्लेख गर्दै केही गर्न नसक्नेलाई सरकारले बचाउने र मागेर खान नपर्ने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले भर्ना अभियान र साक्षरता अभियानलाई सफल बनाएर दुनियाँलाई नेपाल पठित र विद्वानहरुको देश रहेको बनाउन आफू लागिरहेको उल्लेख गर्दै नेपालीका स्रोत र साधनको गरीबी नभएकाले मुलुकमा तीव्र विकास हुने जनाउनुभयो । 

उहाँले भन्नुभयो,“राष्ट्रलाई सामाजिक न्यायसहितको शान्तिपूर्ण, लोकतान्त्रिक, समृद्ध र सुसंस्कृत समाज बनाइनेछ । यसबाट नेपाली जनताले सुखी हुनेछन् । नयाँ वर्षमा म सबै ज्येष्ठ नागरिक र सबै नेपालीलाई सु–स्वास्थ्यको कामना गर्दर्छु । हामी सबै राष्ट्र निर्माणको अभियानमा अगाडि बढौँ ।”

प्रधानमन्त्री ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका माता धनमाया शाक्यलाई बैंक खाता खोलिएको प्रमाणपत्र र निःशुल्क स्वास्थ्य बीमाको कार्ड वितरण गर्नुभएको थियो । सोही अवसरमा प्रधानमन्त्री ओलीले सय वर्षका जमुना गुरुङ, ९४ वर्षीय डा गौरीशङ्करलाल दास, ९२ वर्षीय टेकबहादुर बस्नेत, ८७ वर्षीय भैरव रिसाल, ८६ वर्षीय शोभावती तिमल्सिना ५५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गनुभयो । 

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्यको अधिकार जीवनको अधिकार भएकाले आधारभूत मानवअधिकारका रुपमा यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कुनै पनि नागरिकले पैसाको अभावमा उपचार पाउनबाट वञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा उहाँहरुप्रतिको सम्मानको परम्परा पनि हो । गुणस्तरीय स्वास्थ्य सेवा दिएर समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न हामी लाग्नेछौँ ।” जनता र सरकारको प्रत्यक्ष साझेदारीमा हुने यस कार्यक्रमलाई व्यवस्थित बनाउन गुणस्तरीय स्वास्थ्य सेवा विकास गरी नागरिकलाई स्वास्थ्य सेवा दिनु अहिलेको चुनौती हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो