२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री विष्टको खुलाशा – प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने तयारी

३ बैशाख २०७६, मंगलवार १४:०९

कमल पौडेल | वैशाख ३, बागलुङ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गर्ने बताउनु भएको छ ।

विष्टले सरकारले जहाँ जे को सम्भावना छ त्यहि काम गरी देशलाई सम्वृद्धि तिर लैजान लागेको खुलासा गर्दै काठमाडौंमा रेल चलाउने गरि तयारी गरिरहेको बताउदै आगामी बजेटको सन्दर्भमा वोल्दै यस्तो खुलाशा गरेका हुन् । 

मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै मन्त्रि विष्टले राज्यको श्रोतको महत्वपूर्ण योगदान पर्यटन भएको भन्दै नदीको भरपूर परिप्रयोग हुनुपर्ने वताउनु भएको हो । उनले ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाडमा र्याफ्टीङ गराएर फर्काउने गरि योजना वनाउनुपर्ने र त्यसको लागी सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ । 


मन्त्रि विष्टले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने, वृद्धवृद्धाको भत्ता बढाउने बताउनु भएको छ। कानुनि हिसावले २०८२ साल पछि कोहि पनि भोको नरहने, कोहि पनि परिवार आवास विहिन नहुने, कोहि पनी पढ्न, स्वास्थ्य सेवा वाट बन्चित नहुने गरि कानून तयार भैसकेको भन्दै मन्त्रि विष्टले सरकार सामाजिक न्यायका हिसावले अगाडि वढेको वताउनु भएको छ ।

मन्त्रि विष्टले स्थानिय वा राष्ट्रिय रुपमा घोषणा गरेको सवै प्रतिवद्धता ३ वर्ष भित्र सत प्रतिसत पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।


गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको बडिगाड गाउँपालिका विचमा वग्ने बडिगाडमा झक्कले एग्रो टुरीजम् रिसोर्ट प्रालिले र्याफ्टीङ चलाउन लागेको हो। पर्यटन प्रवद्र्धनको उद्धेश्य सहित सुरु भएको कार्यक्रमलाई मुसिकोट नगरपालिकाले प्रवद्र्धन गर्ने जनाएको छ। औपचारीक कार्यक्रम पछि मन्त्री विष्ट सहितको टोली बागलुङको खर्वाङ बाट र्याफ्टीङ चढि गुल्मीको झेंदि सम्म पुगी त्यहाँको २ दिन अघि भत्किएको निर्माणधिन पुलको समेत अवलोकन गर्नुभएको थियो।


कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बडिगाडको जल उपयोगको लागी बनाइएका योजना र कार्यान्वयनको पक्षको सन्दर्भ बताउनु भएको थियो। त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलको अध्यक्षता, मुसिकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्लेको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै