२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो

४ बैशाख २०७६, बुधबार ११:४३

बैशाख ४, वासिङ्टन (रासस/एएफपी) | साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा प्रयोग गर्नुभएको यो दोस्रो विशेषाधिकार हो ।

अमेरिकी कङ्ग्रेसले राष्ट्रपतिको अधिकार कटौती गर्न खोजेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कङ्ग्रेसको प्रस्ताव अनावश्यक रहेको बताउनुभयो । “मेरो संवैधानिक अधिकारलाई कमजोर तुल्याउन खोजियो । यसबाट अमेरिकी नागरिक र सैनिकको जीवनलाई आजमात्र होइन आगामी दिनमा पनि जोखिममा पार्न खोजिएको छ ।”

अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैन्य सहयोगको दुरुपयोग भएको भन्दै त्यस्तो सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्राट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र कानुनको रुप लिन्थ्यो ।

राष्ट्रपति ट्रम्पले सिनेटको उक्त प्रस्ताव अस्वीकृत गर्ने र आवश्यक परे विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने चेतावनी यसअघि नै दिइसक्नु भएको थियो । 

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्रस्ताव २४७ – १७५ ले पारित भएको थियो । सिनेटले गत महिना नै यो प्रस्ताव पारित गरेको थियो । 

ह्वाइट हाउसले संसदको उक्त प्रस्ताव दोषपूर्ण रहेको जनाउँदै यसले साउदी अरेबिया समेतका खाडी क्षेत्रसँगको द्विपक्षीय सम्बन्धमा समस्या आउने बताएको थियो । 

संसदमा डेमोक्राट सदस्यहरुले साउदी अरेबियाको अग्रसरतामा बनेको गठबन्धनमा कङ्ग्रेसको अख्तियारी बेगर नै अमेरिकाको सहभागिता गैरसंवैधानिक हुने तर्क अघि सारेका थिए । खासगरी हातहतियारको आपूर्ति र लडाकू विमानमा तेल भर्ने कार्य संवेदनशील कार्य हो । 

उदारवादी सिनेटर बर्नी स्यान्डर्स जस्ता धेरै सांसदहरुले युद्ध र शान्तिका विषयमा अमेरिकी सांसदहरुले निर्णय गर्न पाउनुपर्ने भन्दै वर्षौंदेखि बहस गरिरहेका छन् ।

“कङ्ग्रेसले आफ्नो जिम्मेवारी पुनः महसुस गर्दैछ, र यो यमनका सन्दर्भमा मात्र लागू हुँदैन यो भविष्यका लागि पनि हो,” यमन प्रस्तावका मूल लेखक स्यान्डर्सले संसदमा मतदानपछि बताउनुभएको थियो । उहाँ सन् २०२० का लागि राष्ट्रपतिका उम्मेदवार समेत हुनुहुन्छ ।

उहाँले यमनको रक्तपातपूर्ण युद्धबाट तत्काल अमेरिका बाहिरिनु पर्दछ भन्नुभयो ।

विदेश नीतिका मामिलामा संसदले आफ्नो संवैधानिक दायित्वलाई अब बेवास्ता गर्ने छैन, र यस यथार्थलाई राष्ट्रपतिले पनि सामना गर्नुको विकल्प छैन– संसदको विदेश मामिला समितिका अध्यक्ष इलिअट एन्जेलले बताउनुभयो । 

ट्रम्पका कट्टर समर्थक भनेर चिनिएका जिम जोर्डन र मार्क मिडोज समेतका रिपब्लीकन सांसदले यमन युद्धमा अमेरिकाले सहयोग गर्नु उपयुक्त नरहेको बताउनुभएको थियो ।

“यमनी सर्वसाधारणका घरआँगनमा खसेका सबैजसो बममा एउटै कुरा लेखिएको पाइन्छः अमेरिकामा निर्मित” डेमोक्राट सांसद जिम म्याकगोभर्नले बताउनुभएको छ ।

यमनमा युद्धका कारण चरम मानवीय सङ्कट उत्पन्न भएको छ । यमनमा एक करोड ४० लाख मानिस भोकमरिको जोखिममा रहेका अध्ययनहरुले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठनको भनाईमा करिब १० हजार सर्वसाधारणको मृत्यु जथाभावी बमबारीबाट भएको जनाएको छ । साउदी अरेबियाको समर्थनमा रहेको यमनी सरकार र इरान समर्थित हुथी बिद्रोहीबीच लामो समयदेखि युद्ध जारी छ ।

मानव अधिकार समूहहरुले गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएका छन् ।

स्यान्डर्सले भन्नुभएको छ– यमनको अर्थतन्त्र पुनर्निर्माणमा हामीले सहयोग गर्न सकिँदैन भने उनीहरुलाई मानवीय सहायता उपलब्ध गराऔं, उनीहरुलाई बम होइन खाद्यान्न दिऔं, नत्र त्यहाँको अवस्था अरु खराब हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य