१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मगर समुदायको योगदान महत्वपूर्ण छ : सभापति देउवा

४ बैशाख २०७६, बुधबार १५:२८

बैशाख ४, धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् । 

नेपाल मगर सङ्घको आज यहाँ शुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व गराउने गरी काङ्ग्रेस पार्टी अगाडि बढ्न लागेको बताए । 

प्रेस जगतमाथिको आक्रमण लोकतान्त्रिक व्यवस्थामाथिको आक्रमण भएको उल्लेख गर्दै देउवाले प्रेसमाथिको आक्रमण काङ्ग्रेसलाई सह्य नहुने उल्लेख गरे । 

उनले सरकारले पत्रकारितामाथि हस्तक्षेप गरेर निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सरकार आफ्नै गतिविधिका कारणले जनताका नजरमा असफल भइसकेको दाबी गरे । 

कार्यक्रममा काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले कार्यकर्तामा जागरण ल्याउनुपर्नेमा जोड दिए । दुईदिने सो प्रशिक्षणमा २०० प्रतिनिधि सहभागी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट