Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ बैसाख ०५ गते, अपराह्न ३:३६ बजे काठमाडौँ - KTM, जुम्ला - JML, समाज

कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ५, खलङ्गा (रासस) | भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठी आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताउनुभयो ।

जिल्लामा विभिन्न सडकखण्ड हँुदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि सतर्कता अपनाइएको उहाँको भनाइ थियो । स्थानीय भेटेरिनरी अस्पतालका प्रमुख गोविन्दबहादुर महतले कुखुराको मासु ७० डिग्री सेन्टीग्रेड तापक्रम पुग्ने गरी पकाएमा जनस्वास्थ्यका लागि सुरक्षित हुने तर नपकाई प्रयोग गरिने सलाद, हरियो तरकारीसँग कुखुराको मासु लसपस हुन सक्ने भएकाले यसबाट सजग हुन आग्रह गर्नुभयो ।

प्रजिअ दुर्गा बञ्जाडेले सो कार्यक्रममा गाउँगाउँमा  पुर्याउन आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सीताराम रिजालले नाका नाकामा पनि कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यशालामा जुम्ला जिल्लालाई उक्त रोगको प्रकोपबाट बचाउन सरोकार पक्ष सबैले उच्च सतर्कता अपनाउनुपर्ने तथा स्थलगत तथा हवाई मार्गबाट  जिल्लामा भित्रिने पन्छी तथा पन्छीजन्य पदार्थको निगरानीका लागि स्थानीय तहमा कार्यरत प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लासँग समन्वय हुने गरी इलाका प्रहरी चौकी रारालिही र विमानस्थलमा सुरक्षा निकायलाई परिचालन गरिनुपर्नेमा जोड दिइएको थियो ।  ।