2026-09-14 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्लुङका दशै स्थानीय तहमा नेकपाको नेतृत्व चयन, को-को परे ?

वैशाख ११, बागलुङ (रासस) | जिल्लाका दश वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व टुङ्गिएको छ । पार्टी जिल्ला संयन्त्रको सिफारिशका आधारमा गण्डकी प्रदेश समितिले मङ्गलबार नेतृत्वको अन्तिम टुङ्गो लगाएको हो ।

यसअघि पार्टीको जिल्ला संयन्त्र बैठकले पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) लाई पाँच÷पाँच स्थानीय तहमा नेतृत्व बाँडफाँट गर्ने निर्णय गरेको थियो । बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका, काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्वएमालेको भागमा परेको छ ।

गलकोट नगरपालिका, ताराखोला, बरेङ, निसीखोला र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्वमाओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुने नीतिगत समझदारी बनेको थियो । 

बागलुङ नगरपालिकाको अध्यक्षमा धनबहादुर परियार, सचिवमा इन्द्र केसी, जैमनी नगरपालिकाको अध्यक्षमा इन्द्र थापा, सचिवमा झमन पाण्डे, गलकोट नगरपालिकाको अध्यक्षमा ललित श्रीस, सचिवमा डम्बर श्रीस चुनिनुभएको छ । यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन र सचिवमा भीम गौतमको टुङ्गो लागेको छ । 

काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, सचिवमा कृष्ण थापा, बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदीप थापा, सचिवमा प्रेम पौडेल, ताराखोला गाउँपालिकाको अध्यक्षमा पदम खत्री ‘दिवस’ र सचिवमा धनबहादुर बुढा चयन हुनुभएको छ ।

यस्तै बडिगाड गाउँपालिकाको अध्यक्षमा गुणनिधि घिमिरे, सचिवमा वसन्त थापा, तमानखोला गाउँपालिकाको अध्यक्षमा नरेन्द्र छन्त्याल, सचिवमा लीलबहादुर पुन, निसीखोला गाउँपालिकाको अध्यक्षमा कुवीर विक र सचिवमा रुद्र पौडेल चुनिनुभएको छ ।

गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकले स्थानीय तहको नेतृत्व टुङ्गाएको जिल्ला सचिव ज्ञामनाथ गैरे ‘अनिल’ ले बताउनुभयो । पार्टीको जिल्ला संयन्त्रले स्थानीय तहमा सर्वसम्मत नेतृत्व छनोट गरी अनुमोदनका लागि प्रदेश समितिलाई सिफारिश गरेको थियो ।

सोमबार मात्रै पार्टी केन्द्रले जिल्ला समितिको नेतृत्व टुङ्गो लगाएको थियो । जिल्ला अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा ज्ञामनाथ गेरै ‘अनिल’ चुनिनुभएको छ । सापकोटा पूर्वएमालेबाट र गैरै पूर्वमाओवादी केन्द्रबाट हुनुहुन्छ । जिल्लाका ८५ वटै वडामा पनि एकता प्रक्रिया टुङ्गिएको नेकपा बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ