2026-09-14 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवका ब्यूरो सचिव पक्राउ, यस्तो मुद्दा चलाइयो

बैशाख १३, धनगढी । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी समूहका सेती ब्यूरो सचिव एवं पूर्वसभासद डबलबहादुर शाह (भगत सिंह) लाई प्रहरीले आज धनगढीबाट पक्राउ गरेको छ ।

बाजुरा जिल्ला स्थायी ठेगाना भएका शाहलाई धनगढी उपमहानगरपालिका–४ स्थित बस बिसौनीबाट सशस्त्र प्रहरी बलको टोलीले विभिन्न दस्तावेजसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । पक्राउ परेका शाहमाथि राजद्रोहमा मुद्दा चालाइएको छ ।

सरकारबाट प्रतिबन्द लगाइएपछि हालसम्म उक्त समूहका १३ जनालाई पक्राउ गरिएको जनाइएको छ । 

पक्राउपर्नेमा विप्लव समूहका युथ रेडफोर्सका जिल्ला संयोजक रुपेश देवकर, जनसरकार प्रमुख अमर बम, जिल्ला सदस्य कैलाश भन्ने जगत आउजी, सचिवालय सदस्य ध्रुव सञ्ज्याल, किसान सङ्घका जिल्ला अध्यक्ष उदयराम थापा, पूर्वडिसिएम कृष्णबहादुर शाही छन् । 

यसैगरी हुम्ला घर भएका प्रदेश नं ७ का सैन्य कमाण्डर दानबहादुर फडेरा, सल्यान घर भएका अखिल नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष बन्धुकुमारी चन्द, अखिल नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सुर्खेतका अध्यक्ष पुष्पराज न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उक्त समूहका कार्यकर्ता इन्द्रबहादुर बम, सुरेन्द्र सुनार भन्ने बलबहादुर विसी र सीता देउकरलाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले