२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्वकालमा बेपत्ता भएका प्रताप १७ वर्षपछि घर पुगे

१४ बैशाख २०७६, शनिबार १५:५६

रमेश केसी,  वैशाख १४, बझाङ । द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् ।

चार/पाँच वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यति बेलाको केही कुरा पनि राम्रोसँग याद छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दोलनमा लगेका थिए ।

यो विसं २०६०/६१ कुरा हो । तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारीसँगै उनलाई पनि आफ्नै फौजमा लगे । कति यातना दिए, कति गाली खानुप¥यो त्यो क्षण सम्झिदा पनि अहिले उनका आँखा रसाउछन् । सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सिसकेका थिए । सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन् । 

तत्कालीन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङ्गमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए । त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन । दिदीको उमेर १४/१५ वर्षको हुँदा प्रतापसिंह घर्ती (काले) चार/पाँच वर्षका थिए । दिदी बेपत्ता भएपछि उनी एक्लै भए । सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन् ।

   तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन् । उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन ।

“धेरैसँग हार गुहारसमेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पु¥याइदिन चाहेन्न उल्टै आफूले पाल्ने र आफैसँग बस भनेर भन्थे”, उनले पुराना दिनहरु सम्झिँदै भने, “मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइन” एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो । 

सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थाले । बिस्तारै उनी ठूलो भए कसैले होटलमा भाँडा माझ्ने काम लगाइदिए । त्यो कुन ठाउँ थियो अहिले उनीलाई याद छैन । त्यसपछि बिस्तारै उनले मान्छे चिन्न थाले । 

उमेरसँगै ताकत बढ्यो अनि थाले मजदुरी गर्न बिस्तारै उनी बालापनबाट किशोरावस्थामा प्रवेश गरे । उनी कामको लागि जिल्ला जिल्लामा पुग्न थाले । कामकै सिलसिलामा बझाङको खप्तड छान्ना गाउँपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायासँग भयो । 

कालेले आफ्नो जिल्ला, गाउँ सबै बिर्सिसकेका थिए । उनलाई आफ्नो घर नजिकैको चिउरी घाँट खोलाको याद थियो । खोजी गर्दै जाँदा रोल्पाको दुर्गम गाउँ मणि गाउँपालिका–१ एक जबाङ गाउँका भएको पत्ता लाग्यो ।

वर्षौसम्म घरबाट छोडिएका घर्ती आफ्नो घर जान पाउने भए । गाउँपालिकाका अध्यक्षसहितको टोलीले आज गाउँपालिकाकै खर्चबाट उनलाई उनको घरसम्म पु¥याइ दिए । 

गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई यसबारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बझाङले रोल्पा जिल्ला प्रशासनलाई जानकारी गरायो । त्यसपछि त उनको घरसमेत पत्ता लाग्यो ।

सानैमा घरबाट बेपत्ता भएको छोरा जवान भएर घर फर्किएपछि उनको  परिवारमा एकाएक खुशी छायो । उनका बुबा खलवीर घर्तीले त छोराको आश पनि मारिसक्नुभएको थियो । “भिडन्तमा परेर छोराको मृत्यु भइसकेको होला भन्ने सोचेका थियौँ”, उहाँले आँखा रसिलो पार्दै भन्नुभयो, “हामीले छोराको खोजी त धेरै गरेका थियौ ।” 

प्रताप घर्तीलाई उनको घरसम्म पु¥याउन जानुभएका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका सचिव शैलेन्द्र रोकायाले भन्नुभयो, “हामीले प्रताप घर्तीलाई उनकै घरसम्म पु¥यायाँै । घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागतसमेत गरे । 

प्रतापको घर अहिले पनि खरले नै छाएको छ । हामी जस्ता सर्वहाराका लागि लड्दै छु भनेर माओवादीले त्यत्रो आन्दोलन गरे । प्रतापका बुबाले टेलिफोनमा कुरा गर्दै दुखेसो पोख्नुभयो । परिवर्तन त हुने खानेका लागि मात्रै रहेछ । हामी जस्ता दिनदुखीको अवस्थामा भने केही फरक भएको छैन । 

प्रतापकी दिदी मनकुमारी युद्धकालमा बेपत्ता भएकी भन्ने हल्ला थियो । तर उनका बुबा खलवीर घर्तीले मनकुमारी पनि अहिले जीवितै छिन् । उनी त्यति बेला भागेर भारतमा गएकी र उतै विवाह गरेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन