२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

द्वन्द्वकालमा बेपत्ता भएका प्रताप १७ वर्षपछि घर पुगे

२०७६, १४ बैशाख शनिबार १५:५६

रमेश केसी,  वैशाख १४, बझाङ । द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती (काले) झण्डै १७ वर्षपछि घर फर्किएका छन् ।

चार/पाँच वर्षको उमेरमा घरबाट हराएका उनलाई त्यति बेलाको केही कुरा पनि राम्रोसँग याद छैन । मात्र यति थाहा छ माओवादीले उनकी दिदीसँगै उनलाई पनि आन्दोलनमा लगेका थिए ।

यो विसं २०६०/६१ कुरा हो । तत्कालीन नेकपा माओवादीले उनकी दिदी मनकुमारीसँगै उनलाई पनि आफ्नै फौजमा लगे । कति यातना दिए, कति गाली खानुप¥यो त्यो क्षण सम्झिदा पनि अहिले उनका आँखा रसाउछन् । सानो उमेरमै घरबाट टाढा गएपछि उनले घरको माया नै बिर्सिसकेका थिए । सानै उमेरमा क्रान्तिकारीको झण्डा ओढ्नुपर्दा उनले आमाबुबाको माया कस्तो हुन्छ पत्तै पाएनन् । 

तत्कालीन माओवादी र नेपाली सेनाबीच रोल्पाको लिबाङ्गमा भएको दोहोरो भिडन्तमा आफ्नी दिदी बेपत्ता भएपछि उनले दिदीको माया पनि गुमाए । त्यसपछि उनी एकदमै एक्लो भए, आफ्नो भन्ने कोही पनि रहेन । दिदीको उमेर १४/१५ वर्षको हुँदा प्रतापसिंह घर्ती (काले) चार/पाँच वर्षका थिए । दिदी बेपत्ता भएपछि उनी एक्लै भए । सानो उमेर भएका कारण उनलाई माओवादीले आफूसँगै राखेनन् ।

   तर आफ्नो घर जाने बाटो भने पत्ता लगाउन सकेनन् । उनले आफ्नो घरसम्म पुग्नका लागि धेरै प्रयास गरे पनि कहिल्यै घर पत्ता लागेन ।

“धेरैसँग हार गुहारसमेत गरेको थिएँ तर कसैले पनि मलाई मेरो घर पु¥याइदिन चाहेन्न उल्टै आफूले पाल्ने र आफैसँग बस भनेर भन्थे”, उनले पुराना दिनहरु सम्झिँदै भने, “मैले सबै कुराको आशा मारे पनि घर जाने आशा भने कहिल्यै पनि मारेको थिइन” एक दिन त घर पुगिहाल्छु नि भन्ने लाग्थ्यो । 

सडकमा जे पायो त्यही खाँदै पेट पाल्न थाले । बिस्तारै उनी ठूलो भए कसैले होटलमा भाँडा माझ्ने काम लगाइदिए । त्यो कुन ठाउँ थियो अहिले उनीलाई याद छैन । त्यसपछि बिस्तारै उनले मान्छे चिन्न थाले । 

उमेरसँगै ताकत बढ्यो अनि थाले मजदुरी गर्न बिस्तारै उनी बालापनबाट किशोरावस्थामा प्रवेश गरे । उनी कामको लागि जिल्ला जिल्लामा पुग्न थाले । कामकै सिलसिलामा बझाङको खप्तड छान्ना गाउँपालिकामा पुगेपछि उनको भेट गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायासँग भयो । 

कालेले आफ्नो जिल्ला, गाउँ सबै बिर्सिसकेका थिए । उनलाई आफ्नो घर नजिकैको चिउरी घाँट खोलाको याद थियो । खोजी गर्दै जाँदा रोल्पाको दुर्गम गाउँ मणि गाउँपालिका–१ एक जबाङ गाउँका भएको पत्ता लाग्यो ।

वर्षौसम्म घरबाट छोडिएका घर्ती आफ्नो घर जान पाउने भए । गाउँपालिकाका अध्यक्षसहितको टोलीले आज गाउँपालिकाकै खर्चबाट उनलाई उनको घरसम्म पु¥याइ दिए । 

गाउँपालिकाका अध्यक्षले जिल्ला प्रशासन कार्यालय बझाङलाई यसबारे जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बझाङले रोल्पा जिल्ला प्रशासनलाई जानकारी गरायो । त्यसपछि त उनको घरसमेत पत्ता लाग्यो ।

सानैमा घरबाट बेपत्ता भएको छोरा जवान भएर घर फर्किएपछि उनको  परिवारमा एकाएक खुशी छायो । उनका बुबा खलवीर घर्तीले त छोराको आश पनि मारिसक्नुभएको थियो । “भिडन्तमा परेर छोराको मृत्यु भइसकेको होला भन्ने सोचेका थियौँ”, उहाँले आँखा रसिलो पार्दै भन्नुभयो, “हामीले छोराको खोजी त धेरै गरेका थियौ ।” 

प्रताप घर्तीलाई उनको घरसम्म पु¥याउन जानुभएका नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका सचिव शैलेन्द्र रोकायाले भन्नुभयो, “हामीले प्रताप घर्तीलाई उनकै घरसम्म पु¥यायाँै । घरमा पुग्दा छिमेकीहरु सबै जम्मा भए र निकै स्वागतसमेत गरे । 

प्रतापको घर अहिले पनि खरले नै छाएको छ । हामी जस्ता सर्वहाराका लागि लड्दै छु भनेर माओवादीले त्यत्रो आन्दोलन गरे । प्रतापका बुबाले टेलिफोनमा कुरा गर्दै दुखेसो पोख्नुभयो । परिवर्तन त हुने खानेका लागि मात्रै रहेछ । हामी जस्ता दिनदुखीको अवस्थामा भने केही फरक भएको छैन । 

प्रतापकी दिदी मनकुमारी युद्धकालमा बेपत्ता भएकी भन्ने हल्ला थियो । तर उनका बुबा खलवीर घर्तीले मनकुमारी पनि अहिले जीवितै छिन् । उनी त्यति बेला भागेर भारतमा गएकी र उतै विवाह गरेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ