२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु

२०७६, १९ बैशाख बिहीबार ०७:०९

बैशाख १९, काठमाडौं– इन्फ्लूएन्जा ए (एच५एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उक्त बिरामीको घाँटीको र्याल परीक्षण गर्दा भाइरसको प्रकार एकीन गर्न सम्भव  नभएपछि उक्त नमुना विश्व स्वास्थ्य संगठनको कोलाबेरेटिङ सेन्टर फर इन्फ्यूएन्जा जापानमा परीक्षण गर्दा बर्ड फ्यू पुष्टि भएको हो । मन्त्रालयका अनुसार बिरामीको उपचारको क्रममा स्वासप्रश्वासमा समस्या भइ चैत १५ गते मृत्यु भएको थियो । 

बर्डफ्लुबाट मृत्यु हुने व्यक्ति ढिला गरि उपचारमा आएको र औषधि दिएर पठाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेकलाल कर्णले जानकारी दिए ।

चैत १० गते ती बिरामी ज्वरो र खोकीको लक्षण सहित बिरामी भएर अस्पताल भर्ना भएका थिए भने चिकित्सकले इन्फुएन्जाको संक्रमण भएको शंका लागि घाँटीको र्याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएपनि पुष्टि हुन नसकेपछि जापान पठाइएको थियो । 

सन् १९९६ मा भाइरस पत्तालागेयता हालसम्म विश्वमा ८६० जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय