2026-07-11 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्षायाममा काठमाडौंको फोहोर फाल्न ककनीमा दुई ठाउँ पहिचान

2019-05-03

वैशाख २०, काठमाडौं । काठमाडौँ महानगरपालिकाले वर्षातको समयमा फोहर विसर्जन गर्नका लागि स्थान पहिचान गरेको छ । अहिले फोहर विर्सजन गरिहेको स्थान भरिएको र अन्य समयमा भन्दा वर्षातमा फोहर बढी उत्पादन हुने भएकाले अन्य स्थान तय गरिएको कामपाले जनाएको छ ।

कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले तय गरिएको स्थान ककनी गाउँपालिका–२ मा रहेको भिलेज एक र भिलेज दुईको १५ रोपनी खाली जग्गा तयार गरिएको हो ।

दीर्घकालीनरुपमा फोहर राख्ने स्थान निर्माणको काम सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा भइरहेको छ । हाल फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलमा फोहर राख्ने अवस्था नभएकाले वर्षातको समयका लागि उक्त स्थान तय गरिएको विभागका प्रमुख श्रेष्ठले जानकारी दिए ।

दुई वर्षका लागि फोहर विसर्जन गर्ने भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपारिँदै आएको छ । फोहर राख्नका लागि तोकिएको समय बितिसक्दासम्म सिसडोलमा नै फोहर राखिरहेकाले स्थानीयवासीलाई समस्या भएको गुनासो पनि गरिरहेका छन् ।

तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गर्ने गरिएको छ । वर्षातको समयमा अन्य समयमा भन्दा बढी भान्छाबाट फोहर उत्पादन हुनेहुँदा दैनिक एक हजार २०० मेट्रिक टन फोहर निस्कने गर्दछ ।

आज कामपाको वातावरण विभाग प्रमुखसहितको टोलीले उक्त स्थानको स्थलगत अवलोकन गरेको थियो । वातावरण व्यवस्थापन समितिका पदाधिकारीले पनि वातावरण व्यवस्थापन विभागका अधिकारीसहित फोहरको अन्तिम व्यवस्थापन र निर्माणाधीन स्थलको अवलोकन गरेको हो ।

यसैबीच कामपाले बञ्चरेडाँडामा निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार जतिसक्दो चाँडो सक्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ । अहिले नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा फोहर व्यवस्थापन गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या