२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्र दिवस तीन दिन मनाइने

२०७६, २३ बैशाख सोमबार १०:३४

वैशाख २३, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा आज बसेको  बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म  विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, मन्त्री, पूर्वप्रधानमन्त्रीलगायत रहनुभएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा काठमाडौँ, ललितपुर, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख, सञ्चार मन्त्रालयका सचिव, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजन र  गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

त्यस्तै काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ ।

बैठकले जेठ १४ गते केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयले राष्ट्रिय झण्डा तथा ब्यानर सजाई आआफ्नो कार्यालय तथा नगरेको शुङ्गार तथा सरसफाइ गर्ने, गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अनुरोध गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेखरचना, स्मारिका प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।

जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दूकको बढाइँ गर्ने तथा शहीदको आत्माको चिरशान्तिका लागि मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायत धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थना कार्यक्रम गरिने छ । सोही दिन बिहान ७ः३० बजे मूल समारोह समितिका अध्यक्ष तथा सदस्य, निजामती र  संस्थानका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलका नेताकार्यकर्ता, खेलाडी, मजदूर, किसान र सर्वसाधारण टुँडिखेलमा उपस्थित हुनुहुनेछ । 

समारोहमाराष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधीश, सभामुखलगायतका उच्चपदस्थ व्यक्तित्वको समेत सहभागिता रहनेछ । सुरक्षा निकाय, खेलाडी, विद्यार्थीबाट मार्चपास, विविध कार्यक्रम र झाँकी प्रदर्शन गरिनेछ । सोही दिन साँझ दीपावली गरिने छ ।

यसैगरी जेठ १६ गते सबै जिल्लामा वृक्षरोपण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीको समन्यनमा रक्तदान र  साँझ दीपावली गरिने कार्यक्रम रहेको छ ।  त्यस्तै विदेशस्थित नेपाली दूतावास, नियोग, वाणिज्य दूतावास तथा  काठमाडौँ उपत्यका बाहिर प्रदेशका केन्द्र, जिल्ला र स्थानीय तहमा समेत तीन दिन गणतन्त्र दिवस मनाउन विविध कार्यक्रम आयोजना गरिने  विषय आजको बैठकले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय