2026-07-11 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१६५ यात्रु बोकी काठमाडौंबाट दुबई उडेको विमान चालक विमानभित्रै निदाएपछि…

2019-05-07

वैशाख २४, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन नागराज शंकरमूर्ति विमान उडाइरहेका बेला विमानभित्रै निदाएका छन् ।

काठमाडौंबाट दुबई उडेका बेला एयरबस ३२० न्यारोबडी जहाजभित्र नागराज मस्त निदाइदिए । र चालक दलका सदस्यसहित १६५ जनाको ज्यानको जिम्मा को–पाइलटकाे भरमा छाडिदिए ।

नागराज नेपाल एयरलाइन्समा आउनुअघि हिमालयन एयरलाइन्समा कार्यरत थिए । हिमालयन एयरलाइन्समा पनि उनी त्यस्तै गर्दथे । त्यसैले सुरक्षामा संवेदनशील नदेखिएको भन्दै हिमालयन एयरलाइन्सले बर्खास्त गरेको थियो । त्यसपछि उनी नेपाल एयरलाइन्समा आएका हुन् । आफूलाई निष्काशन गरेकोमा हिमालय एयरलाइन्सविरुद्ध उनले अदालतमा मुद्दासमेत हालेका थिए । नागराज भारतीय नागरिक हुन् ।

हालै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै वरिष्ठ पाइलट विजय लामालाई निगम व्यवस्थापन पक्षले प्रवक्ताबाट हटाएको थियो । तर, ककपिटभित्रै निदाइदिने नागराजलाई भने केही नगरेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीहरु रुष्ट छन् ।

नेपाल एयरलाइन्सका एक कर्मचारी भन्छन्, ‘मुख्य पाइलट हुन् नागराज, उनी ककपिटभित्रै चुरोट पिउँछन् । त्यतिमात्रै होइन, हरेक उडानमा निदाइदिन्छन् । यस्तो गम्भीर लापरवाही हुँदा पनि नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्स चुप लागेर बस्नु आश्चर्यजनक छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित