पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २७, काठमाडौँ | पेट्रोल छर्केर श्रीमतीको हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका-चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । मुकेशकी भाउनू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् ।

गत ५ वैशाखमा २४ वर्षीय मकेशले १९ वर्षीय श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

मुकेशले भाउजू श्यामादेवीसँग मिलेर निर्मलाको हत्या योजना बनाएको प्रहरीको दाबी छ । जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पुर्याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो ।

- यो समाचार हदिश खुद्दारले नयाँ पत्रिकामा लेखेका छन् ।