पढ्न करिब 1 मिनेट लाग्छ

राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार बन्नुमा कुनै पनि गलत नभएको बताउनु भएको छ । उहाँले मेरो सरकार, मेरो देश, मेरो प्रधानमन्त्री भन्नु कुनै पनि गलत नभएको भन्दै राष्ट्रपतिलाई विवादमा ल्याउने काम भएको बताउनु भएको हो ।

मेरो भन्नु कुनै पनि अर्थले गलत होइन तर यहाँ राष्ट्रपतिलाई विवादमा ल्याउने काम भयो, उहाँले भन्नुभयो ।

शर्माले आफूले पञ्चायतका बेलामा पाएका यातना र कष्टको पनि स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेल, डा. सुर्य पाठक, मना केसी लगायतले बोलेका थिए ।