२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारका विरुद्ध मिसन पत्रकारिता गर्ने चेतावनी

३१ बैशाख २०७६, मंगलवार १५:५१

वैशाख ३१, डोटी | सरकारले ल्याउँन लागेको मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक संसोधनको माग गर्दै प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ । नेपाल प्रेस युनियनले देशब्यापी आन्दोलनका क्रममा ७७ वटै जिल्लाबाट ज्ञापनपत्र बुझउँने कार्यक्रम अन्तरगत डोटीमा पनि  जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र पठाईएको हो ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी यादव सुवेदी मार्फत डोटीमा क्रियाशिल तिन संगठनले संयुक्त रुपमा ज्ञापनपत्र पठाएको छ । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रकाश बम, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष झलक पाली र प्रेस सेन्टर नेपालका कार्यवाहक अध्यक्ष कर्णचन्द द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विधेयक संसोधन नगरिए सकारका विरुद्धमा मिसन पत्रकारी शुरु गर्ने चेतावनी दिईएको छ ।

अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको आमसञ्चार विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै डोटीका तिन संगठनले संयुक्त रुपमा ज्ञापनपत्र पठाएको हो । 


ज्ञापनपत्रमा स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धन गर्ने नाममा सरकारले बनाउन लागेको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक र आमसञ्चार विधेयकको कतिपय व्यवस्थाको विषयमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपालको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

त्यस्तै, ज्ञापनपत्रमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चिता जस्ता विषयमा नेपालको संविधान २०७२ ले स्पष्ट व्यवस्था गरेको सन्दर्भमा देशकै मुल कानूनसँग बाझिने गरी आउने विधेयक स्वीकार्य नहुने उल्लेख छ ।

सरकारले ल्याउन अन्तिम तयारी रहेको विधेयकका व्यवस्थाहरुमा आफुहरुको गम्भीर असहमति रहेको बताउँदै ज्ञापन पत्रमा मन्त्रिपरिषदबाट पारित भइ संसदमा पेश भएको नेपाल मिडिया काउन्सिल सम्वन्धि विधेयक, संसदमा बिचाराधिन रहेको विज्ञापन नियमन गर्न बनेको विधेयक, सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्ने बनेको विधेयक र संसदमा लैजाने तयारी भएको आमसञ्चार विधेयक लगायत पाइपलाइनमा रहेका अन्य विधेयकमा गरिएको जरिवाना तथा क्षतिपूर्ती सम्वन्धि व्यवस्था नेपालको स्वतन्त्र पत्रकारीताको घाँटी थिच्ने, पत्रकारीतालाई घुमाउरो किसिमले निरुत्साहित गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरुको भक्तिगानमा पत्रकारीतालाई लैजाने नियत रहेको देखिएको छ । 

जिल्ला स्थित क्रियाशिल सबै पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा नेपाल प्रेस युनियनका सचिव पवन महराले ज्ञापनपत्र पढेर सुनाएका थिए । संयुक्त रुपमा बुझाईएको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले उक्त ज्ञापन पत्र जस्ताको त्यस्तै मंगलबार नै प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई पठाउँने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य