२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ का प्रमुखसँग राजदूतको भेटवार्ता

२०७६, ५ जेष्ठ आईतवार १६:५३

जेठ ५, धनुषा | प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालका लागि बङ्लादेशका राजदूत मासफी विन्ते सामबीच आज शिष्टाचार भेटवार्ता भएको छ । करीब २५ मिनेटसम्म भएको सो भेटवार्तामा उहाँहरुबीच दुई देशको समसामयिक विषयमा कुराकानी भएको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ । 

सो अवसरमा राजदूत सामले दुई देशबीच वर्तमान अवस्थामा भइरहेको पर्यटन, व्यापार र यसको प्रवद्र्धन तथा आपसी हितका विषयमा छलफल भएको थियो । भेटका क्रममा राजदूत सामले दुई देशको कृषि तथा सिँचाइको अवस्थाबारे कुराकानी भएको थियो । दुई देशको अन्तरसम्बन्ध तथा समृद्ध बनाउन के गर्न सकिन्छ भन्ने कुरामा समेत छलफल भएको सचिवालयले जनाएको छ । 

राजदूत सामले नेपाली सामान बङ्गलादेशका नागरिकले निकै रुचाएको उल्लेख गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी