2026-09-13 09:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डाक्टर बन्न काठमाडौँ आएका थिए प्रज्वल, बझाङमा परिवार बेहोस

जेठ १४, काठमाडौँ | मोबाइलमा नेत्रविक्रम चन्दनिकट एक व्यक्तिको फोन आयो, ‘प्रज्वल पनि बम विस्फोटमा पर्यो जस्तो छ । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ रे । उसलाई ओम अस्पतालमा लगिएको छरे, गएर

स्थिति बुझिदिनुपर्यो ।’ यति भनेर फोन काटियो । लगत्तै सत्यले प्रज्वलको मोबाइलमा फोन गरे । बारम्बार गर्दा पनि फोन नउठेपछि उनी ओम अस्पतालतर्फ दौडिए । ‘ओम अस्पतालदेखि वीर ट्रमा सबैतिर गएँ, कतै भेटिन, उसलाई । टिचिङमा एउटा क्षतविक्षत शव ल्याएको भन्ने सुनियो, फेरि उतै दौडिए,’ उनले सुनाए ।

त्यो क्षतविक्षत शव प्रज्वलको हो भने रनिश्चित हुन उनले सोमबार बिहानसम्म कुर्नुपर्यो । नाकदेखि माथिको भाग नभएको, हातखुट्टा नभएको र घाटी छिनिन लागेजस्तो अवस्थामा उनले प्रज्वललाई भेटाएका थिए । प्रज्वल शाही उनै हुन् जसले आइतबार साँझको बम विस्फोटमा ज्यान गुमाएर सत्य उनका सबैभन्दा नजिकका मित्र हुन् ।

उनका अनुसार प्रज्वल ५ वर्ष अघिदेखि नेत्रविक्रम चन्द समूहसँग नजिक भएर राजनीति गर्थे । बझाङको जयपृथ्वी नगरपालिका १ का २६ वर्षीय उनी अध्ययनका लागि राजधानी छिरदेखि नै राजनीतिमा लागेका थिए । डाक्टर बन्ने उद्देश्य लिएर राजधानी छिरका उनले भर्खर ओैम समाज कलेज अफ हेल्थ साइन्सबाट एचए सकेका थिए । साथमा भाइबहिनी पनि सँगै राखेर उनी कलंकीमा डेरामा बस्दै आएका थिए । परिवर्तन युवाबाटै सम्भव छ भन्दै कुनै रोजगारी नगरी उनी ‘फुल टाइम’ राजनीतिमा होमिएका थिए । यसैबीचमा उनी धेरैपटक प्रहरीको हिरासतमा पनि परका थिए । एकपटक त २४ दिन जेल बसेका थिए ।

प्रज्वलको मृत्युको खबर सुनेपछि गाउँमा उनकी आमा, हजुरआमा र बुबा बेहोस भएको एक आफन्तले बताए । उनले भने, ‘भाइ राजनीतिमा लागेको छ भनेर गाइगुइ मात्रै सुनिएको थियो । राजनीतिक यात्राले उसलाई यहासम्म पुर्याउला भनेर हामीले सोचेका पनि थिएनौं ।’

यो समाचार आजको कान्तिपुर दैनिकमा फातिमा बानुले लेख्नुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले