सम्राट सिंह | जेठ १६, बझाङ | जिल्लाको तल्कोट गाउँपालिकामा टेण्टर हाल्न गएका ठेकदार कुटिएका छन् । बुधबार तल्कोट गाउँपालिकाको कार्यालयमा टेन्डर हाल्न गएका ठेकदारहरु कुटिएका हुन् ।

गाउँपालिकाले तल्कोटको पनाल्तदेखि स्याडासम्म सडक निर्माण, दातोला मेल्बीसौना सिचाई कूलो र हिमालय माबि भवन निर्माण झण्डै करोड४५ लाखको बोलपत्र आह्वान गरिएको थियो ।

गाउँपालिकाले विभिन्न ३ वटा आयोजना निर्माणका लागि टेन्डर आह्वान गरेको थियो, ठेकदार देवराज जोशीले भने स्थानिय ठेकदारहरुले टेन्डर कब्जा गर्ने उद्येश्यले केटाहरु परिचालन गरी अन्य टेन्डर हाल्न गएका ठेकदारलाई कुटपिट गरियो । टेन्डर खसाल्न गएका ठेकदार आफु लगायत गणेश रोकाया, राजन धमेना, भरत रोकाया, बबी खड्का र शेरबहादुर खड्का, लगायत ६ जना निर्माण व्यबसायी घाइते उनको भनाइ छ ।

निर्माण व्यवसायी संघ बझाङले पनि ठेक्कापट्टामा स्थानिय ठेकदारहरुलाई नै निर्माण का लागि प्राथमिकता दिने सहमती गरेको छ । टेन्डर मिलोमतो गरेबाफत टेन्डर पाउने ठेकदारले निर्माण व्यवसायी संघलाई ८ देखि १० प्रतिशतका दरले रकम दिनुपर्ने अवस्था छ । निर्माण व्यवसायी संघले यो रकम टेन्डर किनेका अन्य ठेकदारहरुलाई बितरण गर्ने गरेको छ ।

जिल्लाको तल्कोट गाउँपालिकामा स्थानिय ठेकदारहरुले निर्माण व्यवसायी संघलाई ठेक्का मिलेवाफतको रकम नदिँदा अन्य ठेकदारहरुले पनि टेन्डर खसाल्न खोज्दा झडप भएको ठेकदार चक्र बोहराको भनाइ छ ।

यसरी टेन्डर हाल्न गएका ठेकदार कुटिएपछि निर्माण व्यवसायी संघ बझाङले कुटपिटमा संलग्न माथी कडा कारबार्हिको माग गर्दै गाउँपालिकाले पनि यो प्रक्रिया रद्घ गरी फेरी नयाँ प्रक्रियाबाट टेन्डर आह्वान गर्नुपर्ने माग राखेको छ ।

टेन्डर हाल्न गएका ठेकदार कुटिए