२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

लेक लागेर युवकको मृत्यु

२०७६, २५ जेष्ठ शनिबार १६:२०


जेठ २५ ,जुम्ला |यार्सा सङ्कलनका लागि गएका जुम्ला जिल्ला पातारासी गाउँपालिका–५ का एक युवकको लेक लागेर मृत्यु भएको छ । लेक लागेर बिरामी भएपछि उपचारका लागि लेकबाट ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँको रिमार भन्ने पाटन क्षेत्रमा यार्सा सङ्कलनमा गएका जुम्ला जिल्ला पातारासी गाउँपालिका–५ का ३२ वर्षीय नन्दबहादुर बुढाको मृत्यु भएको हो ।

 बिहान लेक लागेपछि उनीसँगै गएका उनका साथीले उपचारका लागि सदरमुकाम गमगढी ल्याउँदै गर्दा मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँ र शिरानीचौरको बीचमा पर्ने जङ्गलमा बिहान ११ बजे मृत्यु भएको नेपाल सशस्त्र प्रहरी गुल्म ४५ का प्रहरी नायब उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँका आधा दर्जनभन्दा बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलनका लागि उक्त गाउँपालिकाले जेठ १८ गतेदेखि ४० दिनका लागि सर्वसाधारणलाई खुला गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ