2026-09-13 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बिद्यालयमा पढाई बन्द गरेर नेताको स्वागत

जेठ २९, बझाङ | सोमबार बझाङको केदार मावि बित्थडमा विद्यालय परिवारले विद्यालयमै नेतालाई स्वागत गरेको छन् । विद्यालयमा नेता उपस्थित हुने थाहा पाएका शिक्षक र विद्यालय परिवारले पढाइनै बन्द गरेर विद्यार्थीलाई नेताको स्वागतमा सहभागी गराएका हुन् । 

नेकपाको शपथ ग्रहणमा सहभागी हुन आएका नेताहरुलाई विद्यालयमा स्वागत गरिएको हो । विद्यालयमा संविधानसभा सदस्य अफिलाल ओखेडा, अनेरास्ववियु संयोजक ऐन महरलगायतका नेता उपस्थित थिए । 

नेताको स्वागतका लागि विद्यालयको गेटदेखि नै सयौंको संख्यामा विद्यार्थीलाई लामबद्ध राखिएको थियो । शिक्षकले नेताको नाम लिँदै स्वागत गर्दा विद्यार्थीले साउन्ड बक्स बोकेका थिए । 

विद्यालयमा नेताको स्वागतका लागि करिब दुई घण्टा कार्यक्रम भएको थियो । विद्यालयका शिक्षक विष्णु सिंह बोहराले सामान्य ढंगले कार्यक्रम गरेको बताए । सामाजिक सञ्जालमा भइरहेको टिप्पणीबारे आफू जानकार रहेको बताउँदै उनले गलत व्याख्या भइरहेको आरोप लगाए ।

– आजको अन्नपुर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले