2026-09-13 08:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताका भावना अनुसार काम गर्न नेता भट्टको कार्यकर्तालाई निर्देशन

सम्राट सिंह | जेठ ३०, बझाङ | नेकपाका स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री लेखराज भट्टले जनताको भावना अनुसार काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन ।  बुधबार नेकपा बझाङको पार्टी एकतापछि जिल्ला कमिटीलाई सपथ ग्रहण कार्यक्रममा बोल्दै नेता भट्टले कार्यकर्तालाई जनताको भावना अनुसार काम गर्न निर्देशन दिएका हुन ।

नेता भट्टले अब हरेक नेकपाका कार्यकर्ता तथा शुभ चिन्तकहरुले गाउँ गाउँमा गएर जनताको मन भावना बुझ्ने, जनताका आवश्यकता अनुसार काम गरेर जनताको मन जित्नुपर्ने बताए । एकता संङघर्ष,रुपान्तरणको विधिबाट आफुलाई रुपान्तरण गरी आफु भित्र हिजोका कार्यशैली हटाएर नयाँ ढंगले अघि बढ्नुपर्ने उनको भनाइ छ । 

दुई ठूला कम्न्यूष्ट पार्टी एकता भएको झण्डै एक बर्षपछि जिल्ला कमिटीले पूर्णता पाएको छ । अध्यक्षमा पुर्व माओवादी केन्द्रका युवा नेता मिन बहादुर कुँबर र सचिवमा पूर्व समालेका पार्टी सचिव दमन भण्डारीले सफत लिएका छन । 

सफत ग्रहण कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पूर्व रक्षा मन्त्री भिम रावल,स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सह इन्चार्ज लक्ष्मण दत्त जोशी, अध्यक्ष कर्ण बहादुर थापा र सचिव नेप बहादुर चौधरी र अनेरास्वियू केन्द्रिय अध्यक्ष ऐन महर लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।  बझाङमा नेकपाको नयाँ जिल्ला कमिटीमा पूर्व एमाले र माओबादीबीच ६०/४० को भागवण्डा गरी एकता भएको हो । एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० जना र माओवादीबाट ५५ सदस्य छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले