Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका वेबसाइटमा किन प्रयाप्त सूचना छैनन् ?

By साझासवाल 7 मिनेट पढाइ

मनोज पराजुली | जेठ ३०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतमा रहेका वेबसाइटहरुमा प्रयाप्त सूचना छैनन् । श्रममन्त्री विष्टले मन्त्रालय मातहतका पुरानो सिस्टम परिवर्तन गर्दै सबै कार्यलाई एकीकृत गरि अनलाइन सेवा शुरु गरेको भएपनि वेबसाइटहरुमा अत्यावश्यक सूचनाहरु भेट्न सकिन्न । त्यस्तै केहि त्रुटी तथा कमजोरीहरु पनि छन् ।

सरकार बैदेशिक रोजगार प्रवर्द्धन गर्दै छ कि आन्तरिक रोजगारी ?

नेपाल सरकारले बैदेशिक रोजगारमा रहेका नेपाली कामदारको लागि आवश्यक सहजता दिनको लागि श्रम मन्त्रालय माताहत बैदेशिक रोजगार वोर्ड राखेको छ। पछिलो समय सरकारले बाध्यकारी रोजगारी अन्त्य गर्ने घोषणा गर्दै आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेको छ । सरकारको यहि नीतिका कारण यसअघि राखिएको बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको नामबाट 'बैदेशिक रोजगार ऐन २०६४' संसोधन मार्फत 'प्रवर्द्धन' शब्द हटाएको छ । तर बैदेशिक रोजगार वोर्डको वेबसाइटमा भने नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न लेखिएको छ, अब भन्नुस सरकार बैदेशिक रोजगार प्रवर्द्धन गर्दै छ किन आन्तरिक रोजगारी ?

वोर्डको वेब साइट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस।

कमजोरी १. आवश्यक जानकारी नै  छैन ?

बैदेशिक रोजगारिका लागि आवश्यक सम्पुर्ण जानकारी श्रम मन्त्रालय माताहतका वेबसाइटमा नै राखिनुपर्ने हो तर त्यस्तो छैन । सर्वसाधारणले जान्नको लागि  बैदेशिक रोजगारीमा कुन देश जाँदा के के प्रक्रिया पुरा गर्नुपर्छ ? ति प्रक्रिया पुरा गरेपछि संस्थागत रुपमा देशगत कति सेवा शुल्क म्यानपावर कम्पनीलाई बुझाउने भन्ने कुनै पनि जानकारी बैदेशिक रोजगार विभागको वेबसाइटमा राखिएको छैन । साथै कुन देश जाँदा के-के प्रक्रिया पुरा गर्नुपर्छ ? मेडिकल लगायत कति खर्च लाग्छ ? कुनै जानकारी वेबसाइटमा छैन । यस बारे मन्त्रालयसंग जानकारी माग गर्दा बैदेशिक रोजगार विभागमा थाहा हुन्छ, भनिन्छ तर सर्वसाधारणले वेबसाइटमा नै नभएको कुरा कसरी थाहा पाउने हुन् कुन्नि जनताले ? कि सूचना लिन दुर-दराजबाट वुद्धनगर धाउनुपर्ने हो ? वेबसाइटमा आवश्यक जानकारी राख्न सकिन्न ?

कमजोरी २. ऐन संसोधन भयो, तर पुरानै छ

'बैदेशिक रोजगार ऐन २०६४' संसोधन गरि केहि व्यवस्थाहरु फेरिएको छ तर ति कुराहरु समेटिएको परिमार्जित ऐन न त श्रम मन्त्रालयको वेबसाइटमा भेटिन्छ, न  विभाग अन्तर्गतका कार्यालयमा ? आफ्नो कार्यक्षेत्र भित्रका ऐन नियम अध्यावधिक विवरण वेबसाइटमा राख्न सकिन्न ? हाल मन्त्रालय, विभाग सबै वेबसाइटमा बैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्ने लेखिएको पुरानै ऐन भेटिन्छ ।

कमजोरी ३. कल सेन्टरको विवरण पाइएन

श्रममन्त्री गोकर्ण विष्टले श्रमिकका समस्याको बारेमा गुनासो र जिज्ञासा सहज रुपमा प्राप्त गर्न र तत्काल सम्बोधन गर्न गत चैत्र १८ गते श्रम मन्त्रालयमा कल सेन्टरको शुभारम्भ गरेका थिए।  तर त्यसयता कल सेन्टरमा कति गुनासा प्राप्त भए, कति सुनुवाई भयो भन्ने बारे एकमुष्ट २ महिनाको जानकारी माग गर्दा प्राविधिक समस्या भन्दै उपलब्ध गराइएको छैन। के, १५ दिनसम्म पनि प्राविधिक समस्या समाधान गर्ने जनशक्ति श्रम मन्त्रालयसंग छैन ? कि त प्रचार गर्नकै लागि मात्र खोलिएको हो कल सेन्टर ? जवाफ पर्खिरहेका छन्, जनता ।