असार ४, काठमाडौँ | प्रतिनिधि सभामा बोल्दै बझाङका संसद प्रकाश स्नेही रसाइलीले असार २ गते बझाङको मष्टा गाउपलिकमा भएको जीप दुर्घटनामा परि ज्यानगुमाउने र घाइते भएका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकार संग माग गरेका छन् |
घाइतेको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए | जीप दुर्घटनामा १० जनाको ज्यान गएको थियो | ५ जना घाइते भएका थिए |
तस्तै कैलालीमा आएको हावाहुरीमा परि ज्यान गुमाउनेका परिवारहरु लाई पनि क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेका छन् | बन्द भएको बिधुत आपूर्ति तत्काल बनाउन सरकार संग उनले माग गरेका छन् |