१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले भने ‘सोचमा रुपान्तरण आवश्यक’

७ असार २०७६, शनिबार ०७:४४

असार ७, कैलाली | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकास र समृद्धिका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ । 

आज कैलालीको टीकापुर नगरपालिकाको पाँचौं नगरसभा अधिवेशनमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हिजोको सोच, कार्यशैली र चिन्तनबाट अघि बढेका विकास सम्भव नरहेको बताउनुभयो ।

 ‘नागरिकले परिवर्तन चाहेका छन् । अब हामीमा नयाँ सोच, फरक कार्यशैली, काम गर्ने फरक तौरतरिका आवश्यक छ ।’’ मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘जनताका चाहना पूरा गर्न जटिलता छ, समस्या पनि छन् । यी कठिनाइसँग जुध्न सोच परिवर्तन गर्न आवश्यक छ ।’’ 

मुख्यमन्त्री भट्टले जनप्रतिनिधि, प्रशासनिक कर्मचारीमा सबैभन्दा पहिले परिवर्तन आउन आवश्यक रहेको बताउनुभयो । उहाँले हिजोको व्यवस्था, हिजोको कार्यशैलीमा काम गरेमा जनताका अपेक्षा पूरा गर्न कठिन रहेको बताउनुभयो ।

 ‘‘स्थानीय तहमा योजना छनोटको समय छ । विकास प्रभावकारी नभएको गुनासो छ’’ मुख्यमन्त्रीले भन्नुभयो, ‘‘अब योजना छनोटदेखि नै भूगोल र वस्तुस्थिति सुहाउँदो योजना छानौँ, कम्प्युटरमा बसेर योजना बनाउँदा विकास दिगो भएन ।’’

उहाँले योजना कार्यान्वय परिपाटीसमेत फितलो रहेको स्वीकार गर्दै कार्यान्वयन कार्य परिमाणमुखी बनाउन सुशासन, पारदर्शीतामा जोड दिनुपर्ने बताउनुभयो । ‘‘प्राविधिक, प्रशासनिक कर्मचारी र राजनीतिक व्यक्तिबीच तालमेल मिलेको छैन, तालमेल मिलाएर काम गर्न आग्रह गर्दछु’’ मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरणको अभियान चलाएको छ यसमा स्थानीय सरकारका प्रतिनिधिले साथ दिनुपर्छ ।’’

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको छ । नीति तथा कार्यक्रममा नगर गौरवका योजनाअन्तर्गत भौतिक पूर्वाधार निर्माण, पर्यटन प्रवद्र्धन, शैक्षिक विकास, आर्थिक विकासमा जोड दिएको छ । 

नगरपालिकाले २०७५/७६ को मुख्य उपलब्धि र आगामी वर्षका १५२ नीति प्रस्तुत गरेको छ । नगरसभाले असार १० गते नीति तथा कार्यक्रम अनुरुप वार्षिक बजेट ल्याउने तयारी गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट