Skip to content
Friday, July 17, 2026 Nepali Online Media

निर्मला हत्याका ११ महिनाः हत्यारा अझै प्रहरीको पहुँचबाहिर

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १२, कञ्चनपुर ।</b>कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र सबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भमै छ ।<br></p><p>प्रहरीका विभिन्न अलग–अलग टोलीले निरन्तर र गहिरो ढंगले अनुसन्धान गरे पनि निर्मलाको बलात्कार र हत्या कसले गर्यो भन्ने ‘क्लु’ नजिक प्रहरी अहिलेसम्म पुग्न सकेको छैन ।</p><p>प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र प्रहरीको टोलीले सो हत्याकाण्डबारे अनुसन्धान गरिरहेको छ । काठमाडौँबाट प्रहरी उपरिक्षक गणेश चन्दको टोलीले पनि अनुसन्धान गरिहेको छ । यो समाचार आजको नागरिक दैनिकमा दिलबहादुर छत्यालले लेखेका छन् ।&nbsp;</p>