२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङमा एक किशोरीको हत्या

२०७६, १७ असार मंगलवार १२:४५

असार १७, बझाङ | बझाङको बुङ्ग्गल नगरपालिका वडा न २ स्थित मल्ला बस्तीकि २० बर्षिया ललीता कुमारी धामीको बीभत्स हत्या भएको छ । सोमबार राती ११ बजेतिर घरबाट हिडेकी ललीतालाई एक स्थानीयले भेट्दा ललिता लुकेर भागेकी थिइन् । त्यसपछि उनि एक घरबाट खाना खाएर अर्को घरमा सुत्न जादा बिजगडा लछिबगर सडक खण्डको टाङ्का भन्ने ठाउमा रोडको छेउमै उनि मृत अवस्थामा भेटिएकी हुन् ।  

उनलाई गाडीले टाउको किचेको अवस्थामा फेला पारिएको थियो । उनको शवसंगै एउटा लाभा कम्पनीको मोबाइल, खुट्टामा एउता फ्लाइट चप्पल भेटिएको छ । स्थानीयका अनुसार कालङ्गा हाइड्रो प्रा.लिको जेसीबी ड्राइभरले यो घटना घटाएको हुन सक्ने स्थानीयको भनाइ छ । ललिता संगैको साथीको बयानका अनुसार उक्त जेसिबी ड्राइभरसंग ललिताको बेला-बेलामा फोन सम्पर्क तथा भेटघाट हुने गरेको थियो ।


इलाका प्रहरी कार्यालय बुङ्गल झापाका प्रहरी निरीक्षक जनक धामीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त जेसिविका चालकलाई नियन्त्रणमा लिएको र शवको पोस्ट मार्टम बिना र सत्य/तत्य तथा सोधपुछ नभएसम्म हत्यारा को हो भन्ने बिषयमा छुट्याउन नसकिने प्रहरी निरीक्षक जनक धामीले बताएका छ्न् ।

बुङ्गल नगरपालिका वडा न १/२ का केही बिद्यालयका बिद्यार्थीहरुले उक्त घटना प्रति शोक ब्यक्त गर्दै हत्यारालाई कानुनि कारबाही गर्न भन्दै केहि समय नाराबाजि समेत गरेका थिए । उनीहरुले कालङ्गा हाइड्रो प्रा.लि को बा २ क ५४०१ र ना १ क ६७ ८९ नम्बरको दुई वटा टिप्परमाथि तोडफोड समेत गरेका छ्न् । कालङ्ग हाइड्रो प्रा.लिले शवको जिम्मा नलिएसम्म शवलाई घटना स्थलबाट उठाउन नदिने स्थानीयले बताएका छन् । कालङा हाइड्रो प्रा.लिले मृतक आफ्नै कम्पनीको सवारीले हानेर मृत्यु भएको ठहर भए हत्यारालाई कानुनी कारबाही गर्न र मृतकका परिवारलाई क्षेती-पुर्ती उपलब्ध गराउन तत्पर रहेको बताएको छ । 

- ध्रुव विष्ट (रेडियो सेरोफेरो) को सहयोगमा प्राप्त समाचार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश