२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्य ताराखोलामा लगानी जुट्यो

२०७६, २८ असार शनिबार ११:५७

असार २८, बलेवा । बागलुङको ताराखोलामा निर्माण हुने १.७ मेगावाट क्षमताको मध्य ताराखोला जलविद्यत् आयोजनाका लागि लगानी जुटेको छ ।

आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ । मध्य ताराखोलाको निर्माण सम्पन्न गर्न रु ३४ करोड लगानी हुने अनुमान गरिएको छ । त्यसमध्ये रु २७ करोड २० लाख प्रभु बैंकले लगानी गर्नेछ भने रु ६ करोड ८० लाख सो पुँजी लगानी आयोजना सञ्चालक सदस्य हरिनारायण गौतमले बताउनुभयो । 

मध्य ताराखोला हाइड्रोपावर प्रालि र प्रभु बैंकबीच शुक्रबार लगानी सम्झौता भएको छ । लगानी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष शिव गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले आयोजनालाई तोकिएको समयमा नै पारदर्शीरूपमा सम्पन्न गर्न प्रवद्र्धकलाई आग्रह गर्नुभयोे । मध्य ताराखोला हाइड्रोपावर प्रालिद्वारा प्रवद्र्धित मध्य ताराखोला साना जलविद्युत् आयोजना आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको गौतमले बताउनुभयो ।

सम्झौतामा कूल लगानीको ८० प्रतिशत बैंकले र २० प्रतिशत प्रवद्र्धक कम्पनीको स्वपूँजी लगानी हुने उल्लेख छ । कम्पनीका अध्यक्ष गिरीले आयोजना तोकिएको समयभित्रै सम्पन्न हुने र सबै प्रक्रिया पारदर्शी रुपमा गरिने बताउनुभयो । कम्पनीका प्रबन्ध सञ्चालक अनिल खड्काले लगानी सम्झौता भएकाले अब काम तीव्ररुपले अगाडि बढाइने बताउनुभयो ।

स्थानीयवासी धनबहादुर विक ‘हिमाल’ले आयोजना निर्माण हुनु खुशीको विषय भएको बताउँदै स्थानीयवासीको साथ र सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । 

इञ्जिनीयर अनुप खड्काका अनुसार पानीको समस्या नरहेकाले यो आयोजनाको क्षमता वृद्धि गरेर २.२ मेगावाटसम्म बनाउन सकिन्छ । आयोजना बागलुङको ताराखोला गाउँपालिका–५ मा निर्माण हुँदैछ । यहाँबाट उत्पादित हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको हरिचौर सवस्टेशनमार्फत राष्ट्रिय प्रसासरण लाइनमा जोडिने छ ।  

दूध निर्यात गर्दै बागलुङ

बागलुङ जिल्ला दूधमा आत्मनिर्भर भएसँगै त्यसको निर्यातसमेत हुन थालेको छ । बागलुङमा खपत हुने दूध भन्दा उत्पादन धेरै हुन थालेपछि निर्यात थालिएको हो । 

आर्थिक वर्ष २०७५÷७६मा बागलुङबाट रु चार करोड ३७ लाख ७० हजार बराबरको दूध निर्यात भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । 

बागलुङमा निर्वाहमुखी पशुपालन घटे पनि व्यावसायिक रुपमा दूध उत्पादन गर्ने किसान वृद्धि हुनु तथा पशुमा कृत्रिम गर्भाधानका कारण दूध उत्पादनमा वृद्धि भएको हो । बागलुङमा दैनिक ६६ हजार ९६९ लिटर दूध आवश्यक पर्ने भए पनि ६८ हजार ४६८ लिटर उत्पादन भएका कारण निर्यात गर्न थालेको वरिष्ठ पशु विकास अधिकृत डा नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार दैनिक एक हजार ५०० लिटर हाराहारी दूध बाहिर निर्यात भइरहेको छ । गाईवस्तुको उचित स्याहारसुसार, आहारामा सुधार र दूध उत्पादनमा युवा कृषकको आकर्षणले उत्पादन वृद्धि भएको छ”, शर्माले भन्नुभयो “दूधको खपतभन्दा दैनिक उत्पादन बढी भएका कारण छिमेकी जिल्ला पर्वत तथा गुल्मीमा दूध निर्यात हुँदै आएको छ ।”

जिल्लाको दक्षिण क्षेत्र बलेवा, जैमिनी, कुश्मिशेरा, बिनामारेलगायतका क्षेत्रमा उत्पादन हुने झण्डै एक हजार लिटर दूध सोझै पर्वतको सदरमुकाममा निर्यात हुने गरेको छ । पश्चिम क्षेत्र बूर्तिवाङ तथा खर्वाङमा दैनिक उत्पादन हुने करीब ५०० लिटर दूध गुल्मीको वामीटक्सारमा निर्यात भएको शर्माले जानकारी दिनुभयो । एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध आवश्यक हुने तर बागलुङमा एक व्यक्तिलाई ९३ लिटर दूध उत्पादन भएको पशु प्राविधिक केशव शर्माले बताउनुभयो । यही अवस्थामा दूध उत्पादन वृद्धि भएमा म्याग्दी तथा पोखरासम्म निर्यात गर्न सकिने पशुसेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ । बागलुङ बजारमा मात्र आवश्यक ५० प्रतिशतभन्दा बढी दूध जिल्लाका सहकारीले उत्पादन गर्दै आएको दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष युक्त कँडेलले बताउनुभयो । सहकारीमार्फत दूध उत्पादन तथा वितरण गर्दा कृषकलाई आर्थिकरुपमा धेरैं फाइदा हुने भन्दै कृषक सहकारीका माध्यमबाट दूध उत्पादन तथा वितरण गर्न प्रोत्साहित भएको कँडेलको भनाइ थियो । 

हाल बागलुङ बजारमा मात्र दैनिक छ हजार लिटर दूध आवश्यक पर्दछ जसमध्ये दुई हजार ५०० लिटर दूध जिल्ला सहकारी सङ्घमा आबद्ध १३ दुग्ध उत्पादक सहकारीले उत्पादन गरिरहेका छन् । दूध उत्पादनबाट व्यवसायीले मनग्य आम्दानी गर्न थालेपछि विदेश गएर फर्केका युवा पनि गाई, भैँसी फार्म स्थापना गर्न थालेका हुन् । यस्तै जिल्लामा पछिल्लो समय कुखुराको अण्डामासमेत उत्पादन बढाउँदै आएको छ । बागलुङमा यो आर्थिक वर्षमा एक करोड १५ लाख ५० हजार अण्डा उत्पादन भएको भन्दै केन्द्रले आगामी आर्थिक वर्षमा अण्डामा समेत आत्मनिर्भर हुने लक्ष्य रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो