१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेता र मन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

१ श्रावण २०७६, बुधबार १२:१०

साउन १, सिरहा  | दुई पूर्वप्रधानमन्त्रीसहित सङ्घीय सरकारका मन्त्रीले आज बाढीबाट प्रभावित सिरहाका विभिन्न स्थानको हेलिकप्टरबाट निरीक्षण गर्नुभएको छ । 

हालैको अविरल वर्षासँगै कमला र बलान नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक योजना तथा यातायातमन्त्री रघुबीर महासेठसहितको टोलीले हेलिकप्टरबाटै निरीक्षण गर्नुभएको हो । 

नेपाली सेनाको हेलिकप्टरबाट आइपुगेको टोलीले कमला र बलान नदीको बाढीबाट प्रभावित सिरहा सदरमुकामसहित सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, लहान नगरापालिका, कर्जन्हा नगरपालिका र मिर्चैया नगरपालिकाका विभिन्न वडाको निरीक्षण गर्नुभयो । सिरहाको निरीक्षण पश्चात टोली धनुषातर्फ प्रस्थान गरेको छ ।

 सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् । कमला र बलान नदीको बाढी गाउँ पस्दा सिरहाका विभिन्न स्थानमा ३५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने दुई हजार ५३८ घरमा आंशिक क्षति पुगेको प्रजिअ गोपालप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ