2026-09-13 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धनगढी बम विष्फोट ‘आत्म सुरक्षाको लागि’, घाइतेको उपचार ‘विप्लव’ नेकपाले गर्ने (बिज्ञप्ति)

साउन ३, काठमाडौँ | बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोट आत्म सुरक्षाको लागि भएको एक विज्ञप्ति जारी गर्दै  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वले जानकारी गराएको छ ।

जारी विज्ञप्तिमा लेखिएको छ ‘हिजो साझ धनगढी उप-महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा सहादत प्राप्त गर्नुभएका रामबहादुर सिंह क. ‘राजेश’ लाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै वहाँप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’  

विप्लव नेकपाले जारी गरेको बिज्ञप्तिमा घाइतेहरुको उचित उपचारको व्यवस्था सोहि पार्टीले गर्ने उल्लेख छ । उक्त विज्ञप्ति नेकपा पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले जारी गरेका हुन् । बिहीबार धनगढीमा भएको घटनाको चार जना घाइते छन् । विज्ञप्तिमा यो घटनाको मुख्य जिम्मेबारी फासीबादी ओली सरकारले लिनु पर्ने उल्लेख छ । यसअघि पार्टीका कैलाली जिल्ला इन्जार्चले यो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले