२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक बर्षमा ४ पटक रेल आउने घोषणा तर रेल आएन

२०७६, ६ श्रावण सोमबार ०२:१४

साउन ५, काठमाडौँ | गर—कुर्था रेल सञ्चालनका लागि एक वर्ष्भित्र चार पटक बेग्लाबेग्लै मिति घोषणा भइसक्यो। तर रेल आउने छाँटकाट अझै छैन। जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त बनाएपछि अन्योल बढेको छ । 

गत साता मधेसमा आएको भीषण बाढीले रेल्वे ट्र्याक भताभुंग बनाएको छ। पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका—१ इनर्वामा कमला नदीको तटबन्ध फुटेर आएको भेलले सय मिटरजति रेल्वे ट्र्याक तहसनहस पारेको छ ।

जनकपुर—भंगहा–पिपराढी स्टेसनको लोहारपट्टी हल्टमा ४ किलोमिटर तयार भइसकेको ट्र्याक बेड पनि बाढीले क्षति पुर्‍याएको छ । रातो खोलामा आएको बाढीको पानीमा रेल्वे ट्र्याक एक मिटरभन्दा बढी डुबेको छ। डेढ सय मिटर ट्र्याक पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।


बाढीले कुर्था स्टेसनको १० मिटर जति पर्खाल भत्काएको छ । जयनगर स्टेसनदेखि धनुषाको कुर्था स्टेसनसम्म ३४ किलोमिटर रेल्वे ट्र्याकमा कतै धेरै र कतै सामान्य क्षति पुर्‍याएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनिका झाले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु