2026-06-20 01:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन बिमानस्थलबाट – फेरी एउटा जोशिलो युवा लाग्यो मरुभुमीमा खेती गर्न

योगेन्द्र खतिवडा (तेह्रथुम) | म सानै छदा ममीले भन्नुभएको कुरा, उहाँले भन्नु भएको थियो “छोरा भनेको आशाको लौरी हो, जो अभावको दुवाली छेक्न सकिने दुख:को उकालोमा टेक्न सकिने ” निश्चय नै मेरो वुढा आमा, वावाहरुले आशाका पहाडहरु विश्वासका हिमालहरु चुलाएर प्रतिक्षा गरिरहनुभएको छ ।

एउटा मन्त्रालय कृषि विकास देशमै रोजगार ग्यारेन्टी गर्ने योजना बनाउँछ भने अर्को मन्त्रालय देशमा भएको जनशक्तिलाई विदेश पठाई आफू सफल बनेको आत्मरतिमा रमाउँछ । यो स्थितिले उत्पादनमा आत्मनिर्भर बनाई रोजगार सिर्जना गर्ने सपना अन्तहीन भुमरीमा घुमिरहने पक्कापक्की छ ।

आजकल हरेक परिवारमा बाबु खेताला खोज्न निस्कने र छोरा रोजगारको खोजीमा बजार पस्ने संस्कारको विकास भएको छ । एउटै घरमा बाबु कामदारको खोजीमा र छोरा कामको खोजीमा भौंतारिने अवस्थाको व्यवस्थापन नहुनु विडम्वना हो ।

नेपालको पछिल्लो करिब दुई सय वर्षको इतिहासलाई अध्ययन गर्दा भारदारहरू बीचको कलह, राष्ट्रप्रमुखको हत्या, सत्ताको छिनाझम्टी, वैदेशिक हस्तक्षेप, विप्रेषण (रेमिट्यान्स) मुखी अर्थतन्त्र र आफ्ना  जनतालाई  लाहुरे संस्कृति बनाउने  बाहेक सकारात्मक कुरा केही पाइँदैन । 

राजनीतिक अस्थिरता र लाहुरे बनाइ त्यो रेमिट्यान्सको मज्जा लिने  मानसिकताले गर्दा देशको उन्नति र प्रगति हुन सकेन । शासकहरू सत्ताको छिना झम्टीमा तल्लिन भइनैरहे वा अरु कसैको ईसारामा नाचिरहे भने जनता वैदेशिक रोजगारीमा भौँतारिई रहने ।

अन्त्यमा, नेपालको प्रकृति, संस्कृति र राष्ट्रिय स्वाभिमानको पहिचानलाई बुझ्ने र जनतामा बुझाउन सक्ने क्षमता भएको नेतृत्व नेपालले पाउन अझै कति वर्षसम्म पर्खिनुपर्ने हो भन्नसक्ने अवस्था छैन । यो दुई सय वर्षको विकृत राजनीति र वैदेशिक रोजगारीको विकृतिलाई राम्रोसँग बुझाएर नेपालीलाई स्वाभिमान र स्वावलम्बी बनाउन पनि अझै कति वर्ष लाग्ने हो त्यो पनि भन्न सकिँदैन । यी र यस्तै अस्थिरतालाइ टुलटुल हेर्दै  डेढ बर्ष अगाडि बिट मारी फर्किएको एउटा जोशिलो युवा लाग्यो फेरि मरुभुमी माथी बालुवामा खेती गर्न !!

सबैलाइ संझिएको छु है नबिर्सनु होला !

धन्यबाद 

खतिवडा योगेन्द्र 

त्रिभुवन अन्तरास्टृय बिमानस्थलबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ