२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन बिमानस्थलबाट – फेरी एउटा जोशिलो युवा लाग्यो मरुभुमीमा खेती गर्न

६ श्रावण २०७६, सोमबार ०७:२९

योगेन्द्र खतिवडा (तेह्रथुम) | म सानै छदा ममीले भन्नुभएको कुरा, उहाँले भन्नु भएको थियो “छोरा भनेको आशाको लौरी हो, जो अभावको दुवाली छेक्न सकिने दुख:को उकालोमा टेक्न सकिने ” निश्चय नै मेरो वुढा आमा, वावाहरुले आशाका पहाडहरु विश्वासका हिमालहरु चुलाएर प्रतिक्षा गरिरहनुभएको छ ।

एउटा मन्त्रालय कृषि विकास देशमै रोजगार ग्यारेन्टी गर्ने योजना बनाउँछ भने अर्को मन्त्रालय देशमा भएको जनशक्तिलाई विदेश पठाई आफू सफल बनेको आत्मरतिमा रमाउँछ । यो स्थितिले उत्पादनमा आत्मनिर्भर बनाई रोजगार सिर्जना गर्ने सपना अन्तहीन भुमरीमा घुमिरहने पक्कापक्की छ ।

आजकल हरेक परिवारमा बाबु खेताला खोज्न निस्कने र छोरा रोजगारको खोजीमा बजार पस्ने संस्कारको विकास भएको छ । एउटै घरमा बाबु कामदारको खोजीमा र छोरा कामको खोजीमा भौंतारिने अवस्थाको व्यवस्थापन नहुनु विडम्वना हो ।

नेपालको पछिल्लो करिब दुई सय वर्षको इतिहासलाई अध्ययन गर्दा भारदारहरू बीचको कलह, राष्ट्रप्रमुखको हत्या, सत्ताको छिनाझम्टी, वैदेशिक हस्तक्षेप, विप्रेषण (रेमिट्यान्स) मुखी अर्थतन्त्र र आफ्ना  जनतालाई  लाहुरे संस्कृति बनाउने  बाहेक सकारात्मक कुरा केही पाइँदैन । 

राजनीतिक अस्थिरता र लाहुरे बनाइ त्यो रेमिट्यान्सको मज्जा लिने  मानसिकताले गर्दा देशको उन्नति र प्रगति हुन सकेन । शासकहरू सत्ताको छिना झम्टीमा तल्लिन भइनैरहे वा अरु कसैको ईसारामा नाचिरहे भने जनता वैदेशिक रोजगारीमा भौँतारिई रहने ।

अन्त्यमा, नेपालको प्रकृति, संस्कृति र राष्ट्रिय स्वाभिमानको पहिचानलाई बुझ्ने र जनतामा बुझाउन सक्ने क्षमता भएको नेतृत्व नेपालले पाउन अझै कति वर्षसम्म पर्खिनुपर्ने हो भन्नसक्ने अवस्था छैन । यो दुई सय वर्षको विकृत राजनीति र वैदेशिक रोजगारीको विकृतिलाई राम्रोसँग बुझाएर नेपालीलाई स्वाभिमान र स्वावलम्बी बनाउन पनि अझै कति वर्ष लाग्ने हो त्यो पनि भन्न सकिँदैन । यी र यस्तै अस्थिरतालाइ टुलटुल हेर्दै  डेढ बर्ष अगाडि बिट मारी फर्किएको एउटा जोशिलो युवा लाग्यो फेरि मरुभुमी माथी बालुवामा खेती गर्न !!

सबैलाइ संझिएको छु है नबिर्सनु होला !

धन्यबाद 

खतिवडा योगेन्द्र 

त्रिभुवन अन्तरास्टृय बिमानस्थलबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट