२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मर्नुअघि शिक्षकको नाममा पत्र लेखेर घरकै पंखामा झुन्डिए सुरज

२०७६, १२ श्रावण आईतवार १६:३८

भास्कर के.सी. | साउन १२, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरका एक विद्यार्थीले आफू मर्नुको कारण सहितको नोट लेखेर घरकै पंखामा झुन्डिएका छन् ।  उनले शिक्षकको नाम लेखेर झुन्डिएका हुन् । महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत भीमदत्त नगरपालिका ३ भाँसीका १६ वर्षिय सुरज लेखक शनिबार आफ्नै घरको पङखामा झुण्डिएका हुन् । 

मृतक सुरजले आफू मर्नुको कारण सहितको एउटा नोट लेखेका छन्, उनले लेखेको उक्त नोटमा लेखिएको छ ‘डेडी बहुत भयो, अब हजुरलाई अरु टेन्सेन दिन चाहदैन्, कलेजबाट आएको कम्प्लेनले हजुरलाई धेरै अपुष्ट गर्यो, र म पनि हजुरलाई टेन्टस दिएर बाँच्न सक्दैन् भन्ने आदि शब्दहरु लेख्नुका साथै  ‘सरी, डेड भन्दै उनले जय नागार्जुन बाबा आई क्युट’ भनी दायाँबायाँ ल्याप्चे औठाछाप  समेत लगाएका छन् । 

सुरज लेखक महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी कक्षा १२ मा अध्ययनरत छात्र हुन् । उनले ‘मर्नुको कारण’ लिटिल बुद्ध एकेडेमी प्लस टु कोडिनेटर हरिलाल जोशी भनेर उल्लेख गरेका छन् । उनी मृत भेटिएको स्थानमा हातले लेखेको एक पन्ना कागज समेत भेटिएको हो । 

मृतक लेखकको शनिबार महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । उनको मृत्युसंगै घर परिवार र आफन्त, साथीभाई शोकमा डुबेका छन् । यसैविच मृतक लेखकका बाबु गणेश लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशी बिरुद्ध उजुरी दिएका छन् । उनले आफ्नो समाजिक संजाल फेसबुकमा समेत ‘आई क्युट’ भनेर लेखेका थिए । 

शुक्रबार बिहान बजारमा समान ल्याउन जान्छु, भनेर साईकलमा आएका सुरज राजमार्ग क्षेत्रमा दुई साथी भेटिएपछि उनी साथीसंगै होटेल छिरेका थिए । होटेल पसेका विद्यार्थी बारे शिक्षक संयोजक हरिलाल जोशीले थाहा पाएपछि विद्यालय समयमै किन होटेल बसेको भन्दै शिक्षकले तीनै जना विद्यार्थीलाई विद्यालय ल्याइ तीनै जनाबाट लिखित तमसुक जस्तै बनाएर पठाएका थिए । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले पीडित पक्षबाट आएको किटानी दर्ता भएको बताए । 

प्रहरी प्रवक्ता बमले अनुसन्धान जारी रहेको बताए । यस्तै लिटिल बुद्ध एकेडेमीले प्लस टु संयोजक हरिलाल जोशीलाई सेवाबाट हटाएको छ । 

सुरज झुण्डिएकै स्थानमा भेटिएको एक कागज यस्तो छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु