2026-09-13 02:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मनोमानी गरेको भन्दै कञ्चनपुरको एक वडा कार्यालयमा कांग्रेसले गर्यो तालाबन्दी

साउन २०, कंचनपुर |  कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेसले कञ्चनपुरको एक वडा कार्यालयमा तालाबन्दी गरेको छ । जिल्लाको  कृष्णपुर नगरपालिका वडा नम्बर ९ को कार्यालयमा आईतबार नेपाली कांग्रेस वडा कार्य समितिले तालाबन्दी गरेको हो । वडा सभापती घनश्याम जोशीले कार्य सम्पादन र योजना छनौटमा मनोमानी गरिएपछि तालाबन्दी गरिएको बताए |

वडा कार्यालयले गत आर्थिक वर्ष २०७५-०७६ मा सडक ग्रावेल, कल्र्भड लगायतका योजना तर्जुमा गर्दा मनोमानी गर्दै बजेट खर्च गरिएको उनले जनाए। यस्तै चालु आर्थिक वर्ष २०७६-०७७ मा पनि योजना छनौटमा गर्दा मनोमानी गरिएका कारण तालाबन्दी गरिएको कांग्रेसको भनाई छ |

गत वर्षका योजनाको सार्वजनिक सुनवाई नगरेको, स्थानीय क्षेत्र परिचालन निर्देशिकामा भएका प्रावधान  कार्यान्वयन नभएको र प्राथमिकता नभई पहुँचका आधारमा योजना छनौट गरिएको आरोप लागेको छ। नेपाली कांग्रेसबाट वडा अध्यक्षमा चुनाव लडेका कैलाश बहादुर बलयारले आफन्त र नातागोतालाई उपभोक्ता समितिमा राख्दै आर्थिक अनियमितता गरिएको आरोप लगाए।

आफूहरुले सार्वजनिक सुनवाई र न्यायोचित ढंगबाट योजना छनौट गरिनुपर्ने माग गरेको बलायले बताए। साउन २ गते कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालसंग वडा अध्यक्षको कार्यशैलीका विषयमा छलफल भएपनि त्यस यता उनले समय नै उपलब्ध गराउन छोडेको दावी गरिएको छ।

 मेयर हमालले समेत वेवास्ता गरेपछि वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको स्थानीय युवा लेखराज जोशीले बताए। यता मेयर हमालले भने आफू जिल्ला बाहिर रहेकाले फर्केपछि उक्त विषयमा सम्बन्धीत पक्षसंग छलफल गर्ने प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले