2026-06-28 04:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकाशमै हेलिकप्टर र विमान जुधे, सातको मृत्यु

2019-08-26

भदौ ९, एजेन्सी । स्पेनको पर्यटकीय टापु मल्लोर्काको आकासमा हेलिकप्टर र एउटा विमान जुधेका छन् । दुर्घटनामा दुई बालबालिकासहित सातको मृत्यु भएको छ । दुर्घटना इन्का सहरको केन्द्रभागको आकाशमा भएको थियो । क्षेत्रीय बलेरिक सरकारले ट्वीटरमार्फत यसको जानकारी दिएको छ ।

ब्रिटिस सञ्चारमाध्यम गार्जियनका अनुसार दुर्घटनाको समयमा विमानमा दुई जना र हेलिकप्टरमा पाँच जना सवार थिए । दुर्घटनामा ती सबैको ज्यान गएको छ । स्थानीय प्रहरी प्रवक्ताले सञ्चारकर्मीलाई बताए अनुसार हेलिकप्टरमा सवार चार जना एउटै परिवारका अभिभावक र तिनका दुई बालबालिका थिए । हेलिकप्टर जर्मनीमा दर्ता भए पनि त्यसमा सवार यात्रु कुन देशका भन्ने खुलेको छैन । पीडितको राष्ट्रियबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएका छ ।

आकाशमा ठक्कर खाएपछि दुई यान मैदानमा खसेका थिए । मल्लोर्का र अन्य बलेरिया टापुहरु पर्यटकीय गन्तव्य हुन् । ती क्षेत्रमा विशेषत गर्मी महिनामा स्पेनभित्रै र विदेशबाट ठूलो संख्यामा पर्यटकको आउने गर्छन् ।स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले पीडित परिवार प्रति सम्वेदना व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै ‘मल्लोर्का घटनाको समाचारलाई विशेष चासोका साथ पछ्याइरहेको’ लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी