७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैंकिङ प्रणाली नै ह्याक, अधिकांश बैंकका एटिएम मेसिन चलेनन्

१५ भाद्र २०७६, आईतवार ०५:४३

भदौ १५, काठमाडौँ | आइतबार विभिन्न बैंकका अटोमेटिक टेलर मेसिन (एटिएम) सेवा प्रभावित भएको छ । आइतबार बिहानदेखि केही बैंकका एटिएमबाट पैसा निकाल्न नमिल्ने भएको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकको एटिएममा समस्या भएको बताए।

‘केही बैंकको एटिएमले काम गरेन भन्ने सूचना आएको छ, त्यसबारे विस्तृत जानकारी आएको छैन,’ निरौलाले भने। एटिएम प्रणाली ह्याक भने नभएको उनले दाबी गरे।

यसअघि शुक्रबार राति प्रहरीले एटिएम ह्याक गरी पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्ने उनीहरूलाई दरबारमार्गस्थित एक होटलबाट पक्राउ गरेको हो। 

परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरेको छ। नबिल बैङ्कको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा एक जना पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान गर्दा अन्य ४ जनाको पनि संलग्ता भएको खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा