Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब चेक नकाटी तुरुन्तै पैसा भुक्तानी गर्न सकिने, यसरी गर्न सकिन्छ

२०७६, २९ भाद्र आईतवार ११:५४

भदौ २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) को औपचारिक सुरुआत भएको घोषणा गरेको छ। यो प्रणाली लागू गर्नका लागि राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकसँग सम्झौता गरेको छ। 

आइतबार गभर्नर डा. चिरञ्जिवि नेपाल र लण्डनका मेयर पिटर एलस्टिनले संयुक्त रुपमा यो प्रणालीको उद्घाटन गरे। यो प्रणाली कार्यान्वयनमा आएसँगै २ लाखभन्दा बढी रकम भुक्तानीमा चेक काट्नुपर्ने बाध्यता अन्त्य भएको छ । २ लाख मुनिको रकम भुक्तानीका लागि भने चेक काट्नुपर्नेछ । 

अब एक व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्नुपरेको खण्डमा भुक्तानी गर्नेले सामान्यः फारम भरेर रकम भुक्तानीका लागि आग्रह गरेपछि पाउनेले एकै क्षणमा बैंक खातामा भुक्तानी पाउनेछ।

उदाहरणका रुपमा, ए नामको व्यक्तिले बीलाई १० लाख रुपैयाँ तिर्नुपर्नेछ। अब एले आफ्नो खाता भएको बैंकको शाखामा गई सामान्यः रिक्वेस्ट फारम भर्नुपर्नेछ। जुन फारममा बीको नाम, बैंक खाता, भुक्तानी रकम भरेर बुझाउनुपर्नेछ। फारम बुझाएलगत्तै बैंकले एको खाताबाट बीको खातामा रकम ट्रान्सफर गर्नेछ। बीले आफ्नो बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्दछ। तुरुन्तै भुक्तानी हुने भएकाले यसलाई रियल टाइम ग्रस सेटलमेन्ट भनिएको हो।

हाल चेक क्लियरिङका लागि आज जम्मा गरेको चेक रकम प्राप्त गर्नेको खातामा भोलिपल्ट मात्रै जम्मा हुने गरेको छ। अर्कोतर्फ यो प्रणालीबाट भुक्तानी गर्दा क्लियरिङवापत लाग्ने शुल्क समेत कटौती हुनेछ। सो प्रणालीको उद्घाटन गर्दै गर्भनर नेपालले यो अन्तर्राष्ट्रियस्तरको प्रणाली भएको दावी गरे। यसले पारदर्शी कारोवार बढ्ने उनले बताए।

केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्छ। हालका लागि वाणिज्य बैंकहरुमा यो प्रणाली लागू भएको उनले बताए।

कार्यकारी निर्देशक मिश्रले भुक्तानी गर्ने खातावालले मेरो खाता यो बैंकका छ, खाता नम्बर यति हो र भुक्तानी गरिदिनु भनेपछि तत्कालै भुक्तानी हुने बताए। सामान्यतया एउटा चेक छाप्न ८० पैसासम्म खर्च लाग्ने गरेको छ। यो प्रणााली लागू भएपछि बैंकहरुलाई चेक छपाईवापत लाग्ने खर्च घट्नेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै