७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब चेक नकाटी तुरुन्तै पैसा भुक्तानी गर्न सकिने, यसरी गर्न सकिन्छ

२९ भाद्र २०७६, आईतवार ११:५४

भदौ २९, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटिजिएस) को औपचारिक सुरुआत भएको घोषणा गरेको छ। यो प्रणाली लागू गर्नका लागि राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकसँग सम्झौता गरेको छ। 

आइतबार गभर्नर डा. चिरञ्जिवि नेपाल र लण्डनका मेयर पिटर एलस्टिनले संयुक्त रुपमा यो प्रणालीको उद्घाटन गरे। यो प्रणाली कार्यान्वयनमा आएसँगै २ लाखभन्दा बढी रकम भुक्तानीमा चेक काट्नुपर्ने बाध्यता अन्त्य भएको छ । २ लाख मुनिको रकम भुक्तानीका लागि भने चेक काट्नुपर्नेछ । 

अब एक व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्नुपरेको खण्डमा भुक्तानी गर्नेले सामान्यः फारम भरेर रकम भुक्तानीका लागि आग्रह गरेपछि पाउनेले एकै क्षणमा बैंक खातामा भुक्तानी पाउनेछ।

उदाहरणका रुपमा, ए नामको व्यक्तिले बीलाई १० लाख रुपैयाँ तिर्नुपर्नेछ। अब एले आफ्नो खाता भएको बैंकको शाखामा गई सामान्यः रिक्वेस्ट फारम भर्नुपर्नेछ। जुन फारममा बीको नाम, बैंक खाता, भुक्तानी रकम भरेर बुझाउनुपर्नेछ। फारम बुझाएलगत्तै बैंकले एको खाताबाट बीको खातामा रकम ट्रान्सफर गर्नेछ। बीले आफ्नो बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्दछ। तुरुन्तै भुक्तानी हुने भएकाले यसलाई रियल टाइम ग्रस सेटलमेन्ट भनिएको हो।

हाल चेक क्लियरिङका लागि आज जम्मा गरेको चेक रकम प्राप्त गर्नेको खातामा भोलिपल्ट मात्रै जम्मा हुने गरेको छ। अर्कोतर्फ यो प्रणालीबाट भुक्तानी गर्दा क्लियरिङवापत लाग्ने शुल्क समेत कटौती हुनेछ। सो प्रणालीको उद्घाटन गर्दै गर्भनर नेपालले यो अन्तर्राष्ट्रियस्तरको प्रणाली भएको दावी गरे। यसले पारदर्शी कारोवार बढ्ने उनले बताए।

केन्द्रीय बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्छ। हालका लागि वाणिज्य बैंकहरुमा यो प्रणाली लागू भएको उनले बताए।

कार्यकारी निर्देशक मिश्रले भुक्तानी गर्ने खातावालले मेरो खाता यो बैंकका छ, खाता नम्बर यति हो र भुक्तानी गरिदिनु भनेपछि तत्कालै भुक्तानी हुने बताए। सामान्यतया एउटा चेक छाप्न ८० पैसासम्म खर्च लाग्ने गरेको छ। यो प्रणााली लागू भएपछि बैंकहरुलाई चेक छपाईवापत लाग्ने खर्च घट्नेछ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल